२०८१ मंसिर १०, सोमबार
दोधारा:
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले दोधारा चाँदनी नगरपालिकाको तिन ठाँउमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले आज दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा निर्वाचन सम्पर्क कार्यालय खोलेका हुन् । यस अघि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने भिमदत्त नगरपालिकाको बिभिन्न वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । सम्पर्क कार्यालय स्थापना संगै उनले दोधारा चाँदनी नगरपालिकाका घरदैलो कार्यक्रम समेत गरेका छन् । प्रचारकै क्रममा उनी सबै क्षेत्रका ब्यक्तिबाट सुझाव समेत संकलन गरिरहेका छन् ।
सम्पर्क कार्यालय स्थापना संगै दोधारा चाँदनी नगरपालिकामा घरदैलो कार्यक्रमलाई तिब्रता दिने बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्टमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्ने क्रममा राजनीतिलाई सेवा बनाउनु पर्ने उनको भनाई छ् । ‘राजनीति पेसा होइन्, सेवा हो, एक पटक जितेका व्यक्तिका लागि ५ वर्षको कार्यकाल प्रयाप्त हो,’ उनले भने । एउटै व्यक्ति पटक पटक सांसद हुने तर जनताका लागि केही काम नगर्ने प्रबृति अन्त हुनुपर्ने सिंहले बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो विकास र उत्पादनमुखी उद्योग स्थापनालाई उनले प्रमुख एजेण्डा बनाएका छन् । ‘शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुच हुनुपर्छ, निशुल्क गरिनुपर्छ,’ उनले भने, ‘युवालाई रोजगारी दिनका लागि उत्पादनमुखी उद्योगमा हामी जोड दिन्छौं।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी