२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर क्षेत्र १ का उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले बेलौरी नगरपालिकामा निरन्तर चुनावी अभियान जारी राखेका छन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्टले बेलौरीमा निरन्तर चुनावी अभियान जारी राखेका हुन ।
मंगलबार पनि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्ट र माओवादीकी समानुपातिक उम्मेदवार दिपा चौधरी सहित गठबन्धनका नेता कार्यकर्ताहरुले बेलौरी नगरपालिका ४, ५ र ७का विभिन्न गाँउ बस्तीहरुमा घरदैलो गरेका हुन । आफ्ना चुनावी एजेण्डा लिएर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गाँउघर बस्तीमा गईरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले सविधानको रक्षाका साथै स्थानीय समस्या समाधान गर्दै क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । स्थानीयले समेत संविधान मिच्ने भन्दा समावेसी संविधानको रक्षा गर्ने गठबन्धन भन्दै गठबन्धनका उम्मेदवारद्वय मगर र विष्टलाई भव्य रुपमा स्वागत गरिरहेका छन । जनताको न्यायो माया सार्थ सर्मथनले आफुहरु उत्साहित भएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय मगर, विष्टले अनुभव व्यक्त गरिरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी