२०८१ मंसिर १०, सोमबार
दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा १ सय २० जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा आयोजित चुनावी भेटघाट कार्यक्रममा नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र र स्वतन्त्र गरि १ सय २० जना नेकपा एमालेमा प्रबेश गरेका छन् । नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र र स्वतन्त्रहरुले विकास र जनताका आकांक्षालाई संबोधन गर्न नसक्ने भन्दै उनीहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । प्रबेश गर्नेहरुमा नरेश बहादुर मगर, बिमला सुनार, लिला देबी सुनार, जमुना नेपाली, बुद्धि सुनार, रेशम बादी, सितली बादी, जानकी औजी, हिरा औजी, चन्दा सार्की, जयकिसन भाम, नन्दबिर सुनार, तिल बहादुर क्षेत्री, सपना सुनार, दिलिप बडवाल, सुरज नेपाली, शान्ती सुनार लगाएत १ सय २० जना रहेका छन् । बिगतमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, स्वतन्त्रमा रहेपनि दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीलाई नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, स्वतन्त्रहरुले भोट बैंक मात्रै बनाउदै आएको उनिहरुको आरोप रहेको छ् । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, स्वतन्त्रहरुको भोट बैंक मात्र बनाएकोले अब कसैको भोट बैंक बनेर बस्न नसकिने युवाहरुले बताएका छन् । उनिहरुले देश र जनताको भलो गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको बताउदै नेकपा एमालेमा प्रबेश गरेको बताए । बिशेष : नेपाली काग्रेंसले चुनाव जितेर गएका नेताहरु कार्यकाल भरी एक पल्ट पनि गाँउमा नआएको, गाँउमा समस्या, जंगली हात्तीको आतंक, सडक, बेरोजगारी समस्या हल नगरेकोले बडुवाल टोलका युवा, युवती निराश छन् । उनीहरुले अबको निर्वाचनमा स्पष्ट परिवर्तनको नेकपा एमालेमा जनमत जुटाउन समेत प्रतिबद्ध भएका छन् । स्थानिय युवाहरुले जनताको बहुदलीय जनवाद बिना मुलुकमा स्थायी शान्ति र समृद्धि हासिल गर्न नसकिने बताउदै नेकपा एमालेले मात्र जनताको आवाज मुखरित गर्ने युवाहरुले बताए । अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेकाहरुलाई नेकपा एमाले र राप्रपाको सयुक्त कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार निरुपाल, प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्र बिष्ट लगाएत नेकपा एमाले र राप्रपाका नेताहरुले फुलमालाले स्वागत गरेका थिए । मुलुकका सबै वर्ग क्षेत्र र समुदायको समान विकास गर्न र समाज रुपान्तरणको स्पष्ट कार्यदिशा नेकपा एमाले संग मात्र रहेको नेकपा एमाले र राप्रपाको सयुक्त कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार निरुपालले कार्यक्रममा बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी