२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिकाका दुई वडामा सम्पर्क कार्यालय खोलेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिंहले बुधबार भीमदत्त नगरपालिका–७ केरियन चौराहा र वडा नं. १९ मा सम्पर्क कार्यालय खोलेका हुन्। उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडामा सम्पर्क कार्यालय खोली सकेका छन्। युवाहरुलाई साथमा लिएर सिंह घरदैलो कार्यक्रममा व्यस्त छन्। उनले निशुल्क शिक्षा, खानेपानी र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन्। स्वतन्त्र उम्मेदवार सिंहले पटक–पटक सत्तामा पुग्ने तर जनताको काम नगर्ने उम्मेदवारलाई मतदान नगर्न आह्वान गरेका छन्। ‘यो क्षेत्रबाट पटकपटक निर्वाचित भएका व्यक्तिहरु पनि चुनावी दौडमा छन्, उनीहरुले यतिका वर्ष जनतालाई झुटा आश्वासन बाडे,’ उनले भने, ‘राजनीति सेवा हो, पेशा होइन्, त्यसैले एउटा व्यक्ति एक पटक मात्रै सत्तामा पुग्नुपर्छ, जनताको सेवा गर्नेलाई मात्रै मतदान गर्नुहोला।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी