२०८१ मंसिर ९, आईतबार
पश्चिमआज/ समाचारदाता
महेन्द्रनगर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सुदुरपश्चिम् बिश्वबिधालयको आयोजनामा अन्तर्राष्ट्रिय बिश्व सम्पदा आबिस्कार तथा प्रवर्तनका लागि सम्म्लेन हुने भएको छ । सुदूरपश्चिम क्षेत्रको भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको बिश्व बिधालयले जनाएको छ । आयोजक विश्वविद्यालयले आउँदो डिसेम्बरमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गरी सो सम्मेलनको तयारी बारे जानकारी गराइएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले सुदूरपश्चिम प्रदेश बारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर १२ देखि १४ तारिख अर्थात् मङ्सिर २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको बताउनुभयो । ७६ सदस्यीय बिभिधमा कार्यपत्र प्रश्तुत रहने उत्त कार्यक्रममा झन्डै नौं अन्तर्राष्ट्रिय देसका सहभागीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । नेपाल भारत अमेरिका बेलायत जापान जर्मनी बेल्जियम फान्स र क्यानडा सहितका सहभागी हरुको भौतिक तथा अनलाइन समिक्षा हुने अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक पुर्व अध्यक्ष डा. कृष्ण अधिकारिले बताए । विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी सम्मेलन हुन लागेको हो । पत्रकार सम्मेलनमा अक्सफोर्ड विश्वविद्यालय तथा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवं सम्मेलन आयोजक समितिका उपसभापति डा.अधिकारीले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनको आफ्नै खाका हुने भएकोले यसलाई बहुबिधाको सम्मेलनका रूपमा हेरिएको बताउनु भयो । सम्मेलनबारे विश्वविद्यालयले चरणबद्ध रूपमा भर्चुअल तथा प्रत्यक्ष रूपमै पनि तयारी बैठकहरू गरिरहेको सम्मेलन आयोजक समितिका सदस्य सचिव दीपक चन्द्र भट्टले जानकारी दिनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ । स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो प्राज्ञिक विधालाई विस्तार गरिरहेको छ । यसले विश्वविद्यालयको महत्त्व र ओजलाई अझै बढाउने देखिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी