२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर। राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले कांग्रेस र कम्युनिष्टहरुले देशलाई लुटेको आरोप लगाएका छन्।
शुक्रबार महेन्द्रनगर राप्रपा निकट युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोका दिनमा कुखुरा चोर्नेहरु नेता भएका छन्, फटाहाहरुको झुण्ड राजनीतिमा पस्यो, आज कांग्रेस, कम्युनिष्ट भनाउदाहरुले देश लुटेका छन् ।’
कांग्रेस र कम्युनिष्टका नेताहरु परीक्षण भइसकेकाले यस पटक राप्राका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे।
‘सबै नताहरुलाई टेस्ट गरिसक्नु भएको छ, यसपटक राप्रपालाई टेस्ट गर्नुहोस्,’ उनले भने, ‘यहाँको पार्क निर्माण, महेन्द्रनगर बजारमा बनिरहेका सडकहरुको नक्सांकन धर्मराज जोशीले गरेका हुन्, उनलाई यस पटक जिताउनुहोस्।’
राप्राले मात्रै महेन्द्रनगर विकास समितिको अतिक्रमित जग्गा खाली गराउन सक्ने उनको भनाई छ। ‘नगर विकास समितिको जग्गा नेताहरुका आसेपासेहरुले कब्जा गरेका छन्, हामी हेरेर बसेका छौं,’ उनले भने, ‘भीमदत्त नगरको मेयर म भएको भए अतिक्रमित जग्गा खालि गराई सक्थे।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी