२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा अझै जंगली हात्तीले उपद्रो मच्चाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ स्थित बडुवाल टोलमा केही दिन देखि फेरी बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थलगत अनुगमन गरेका छन् । स्थानियहरुले भारतिय जंगलबाट भित्रिने गरेको जंगली हात्तीले गहुँ तथा तरकारी खेती नष्ट गर्न थालेको खबर दिए संगै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका वाड नं. २ का वडाध्यक्ष पदम रावल लगाएको टोली बडुवाल टोल पुगेका छन् । उनिहरुले हात्तीले रातीको समयमा बस्ती भित्रिने गरेको र खेतीपाती नष्ट गर्दै आएको जानकारी गराएका छन् । बडुवाल टोल नजिक रहेको भारतिय जंगलबाट हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहााका स्थानीयवासी त्रसित बन्न पुगेका छन् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका कार्यालय र सामाजसेवी भिम कुमालले हात्तीको कारण मानविय क्षती रोक्न बस्तीमा टर्चलाईट बितरण गरेका थिए । गहुँ खेती हरियो हुदै गर्दा बस्तीमा हात्ती भित्रिने गरेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिग्रेका सोर्य बत्ती मर्मत गराउने बताएका छन् । बडुवाल टोलमा ११ थान सोर्य बत्ती जडान गरिएपनि अधिकांश सोर्यबत्ती बिग्रेंको अवस्थामा रहेका छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय लगाएत सरोकारवाला संग समन्वय गरि हात्तीको आतंक रोक्ने पहल थालेको बताएका छन् । ‘हात्तीको आतंक रोक्न दिर्घकालिन ब्यवस्थामा हामी लागिपरेका छौं’ दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले भने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी