२०८१ मंसिर ९, आईतबार
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलको भारतको जंगलको छेउ बस्दै आएका ४४ वर्षका रेशम बादीको घरपरिवारमा आर्थिक परिवर्तन आएको छ् । नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले रेशम बादीलाई जीविकोपार्जनको निम्ती जुत्ता चप्पल सिउने कामको लागी औजार सहयोग गरे संगै उनको घरपरिवारको आर्थिक उन्नती भएको छ् । रेशम बादी अहिले बिहानै आएर दोधारा चाँदनी नगरपालिका वडा नं. ४ चाँदनी बजारमा सानो फलामको घुम्तीमा जुत्ता चप्पल सिउने काममा ब्यस्त देखिन्छन् । उनको दैनिकी यसरीनै चलेको छ् । रेशमको काममा.उनका छोरा प्रदिप बादीले सघाउदै आएका छन् । बिहानै ७ बजे आफ्नो पसल खोल्ने र राती सम्म पसलमा जुत्ता चप्पल सिउनमा उनको दैनिकी बनेको छ् । उनलाई जुत्ता चप्पल सिउनमै भ्याई नभ्याई छ् । अबका दिनहरुमा यहि जुत्ता चप्पल सिआउने पेशा बनेपछि रेशम बादी खुशी भएका छन् । ‘पहिला हाम्रो परिवार घरदैलो चहारेर माँगी खाने गर्थ्यौ, अहिले काम गरेर खाने पुगेको छ्’ रेशम बादीले भने– ‘नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले जुत्ता चप्पल सिउने सामग्री सहयोग गरेर जिवीकापार्जनमा सघाएको छ् ।’ उनले नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाको टोली संगै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुलाई रेशम बादीले धन्यबाद दिएका छन् । उनले दैनिक रु. ६ सय देखि १२ सय सम्म दैनिक जुत्ता चप्पल सियर कमाउने गरेको बताएका छन् । दैनिक कमाएको पैसाले घर खर्च र दैनिक बचत समेत गर्न भ्याएका छन् । उनले चाँदनी कृषी सहकारी संस्थामा दैनिक रु. १ सय बाट बचत सुरु गरेको बचत अहिले आएर दैनिक रु. ३ सय बचत गर्न थालेका उनले बताएका छन् । उनका घरमा वर्ष १७ का लक्ष्मण बादी, वर्ष १४ का प्रदिप बादी, वर्ष ४ का संदिप बादी गरि ३ छोरा रहेका छन् । उनका २ छोरी तुल्सी बादी र लक्ष्मी बादीको भने बिहे भईसकेको छ् । बिगका दिनहरुमा गाँउ, बस्ती चहारेर माँगी खाने गर्दै आएका र अहिले एनएनएसडब्लुएको सुद्दढ परियोजना र दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सहयोग र सहकार्यले आफ्नै ब्यवसाय गर्न थाले संग रेशम बादीको घरपरिवारमा खुशीको लहर छाएको छ् । ‘बल्ल हाम्रो परिवार आफ्नो खुट्टामा उभिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले संस्थाको सानो सहयोगले माँगी खादै हिड्ने रेशम बादीको घरमा खुशीयाली आएको बताएका छन् । ‘सबैको साँझा सहयोगले माँगी खादै हिडेको रेशमको घरमा समृद्धि आएको छ्’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने– ‘हामीले गर्न चाहेको समृद्धि पनि यस्तै हो ।’ टोल, बस्तीमा मागेरै छाक टार्ने रेशम बादीको घरपरिवारमा चेतना तथा आर्थिक अवस्थामा परिवर्तन आएको देखिन्छ् । एक छाक टार्न समेत दैनिक रन्थीने रेशम बादीको घरपरिवार बिगतका दिनहरुमा आफ्ना र अर्काका पीडा गित मार्फत सुनाउदै गाँउ घर चाहारेर माँगी दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको रेशम बादीका धर्मपत्नी सिता बादीले संस्थाको सहयोगबाट संचालन गर्दै आएको जुत्ता चप्पल मर्मत गर्ने पसलबाट अबका दिनहरुमा नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपायमा सोच्ने गरेका छन् । ‘संस्थाको देखाएको बाटोले आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाएका छौं’ सिता बादीले भने– ‘अबका दिनहरुमा ढुक्क भएका छौं ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी