२०८१ मंसिर ९, आईतबार
दोधारा । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण प्रदान गरेको छ् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने क्रममा आज भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ नम्बर वडाका २५ जना भन्दा बढी किशोरी तथा महिलालाई कानुनी अनुशिक्षण प्रदान गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ सिमावर्ती वडाहरु मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले संबेदनशिल छन् । यंहाका महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको मानिन्छ् । महाकाली नदीमा बनेको चार लेन पुल र भाईरल रोडका नामले चिनिएको माहाकाली नदी किनारको चार लेन सडकका कारण यो क्षेत्रमा दिन प्रतिदिन आवागमनको चाँप बढ्दो छ् । ‘अहिले चार लेन पुलको प्रयोग बढ्दै गए पछि यो क्षेत्र संबेदनशिल र जोखिमपुर्ण बन्दै गएको छ्, यस क्षेत्रमा मानब बेचविखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउनु अत्यन्त आवश्यक रहेको थियो । त्यसैले यी तीन वटा वडाका जन प्रतिनिधीहरु संग समन्वय र सहकार्य गरेर यहांका महिला सदस्य समेत किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरेका हौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वर भट्टले भने । अनुशिक्षण कार्यक्रमको उद्घघाटन सत्रमा भिमदत्त नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले प्रमुख अतिथित्वबाट बोल्दै माईती नेपालले त्यस क्षेत्रमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेकोमा खुशी प्रकट गरेका थिए । अनुशिक्षणले बढ्दो जोखिम न्युनिकरण हुने उनले बिश्वास ब्यक्त गरे । भिमदत्त– १२ का वडाध्यक्ष भुपेन्द्र रावलले माईती नेपालले मानब बेचखिन तथा ओसारपसार नियन्त्रणमा प्रारम्भ देखि नै महत्वपुर्ण योगदान गर्दै आएको कुरा उल्लेख गर्दै वडा नम्बर ११, १२ र १३ मा बेचबिखनका घटना बढ्ने सम्भावना बढी रहेको बताएका छन् । बेचबिखनका केही उदाहरण समेत प्रस्तुत गर्दै वडाध्यक्ष रावललेक मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा आफु पनि कटीबद्ध भएर लागेको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग सधैं रहो प्रतिबद्धता ब्यक्त गरेका छन् । माइती नेपाल निरन्तर मानब बेचबिखन तथा ओसारसार, लैङ्गिक हिंसा, महिला हिंसा जस्ता अपराधका बिरुद्ध सामाजिक सचेतना फैलाउन, पीडितको उद्धार तथा पुनस्र्थापना गर्न अभियानकै रुपमा काम गर्दै आएको छ् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा पनि माइती नेपाल कञ्चनपुले दोधारा चाँकदनी नगरपालिकामा सामाजिक सचेतना अभियान, सुरक्षित संजाल दोधारा चाँदनी संग अन्तरकृया, गड्डाचौकी सिमा नाकामा सरोकावाला निकाय संग समन्वयात्मक बैठक, गड्डाचौकी देखि महेन्द्रनगर सम्म पर्चा पम्फलेट बितरण तथा सामाजीक जागरण अभियान लगाएतका कार्यक्रम गर्दै आज एक दिने कानुनी अनुशिक्षणको आयोजना गरेको हो । भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वडाध्यक्ष भुपेन्द्र रावलको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अनुशिक्षणको उद्घघाटन सत्रमा वडा नम्बर १२ सचिव हरि प्रसाद मिश्र, महिला सदस्य महिला माया टमटा, बिमला अवस्थी भट्ट लगाएतको सहभागीता रहेको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी