२०८१ मंसिर ९, आईतबार
दोधारा । माइती नेपाल कञ्चनपुरले आज मानव बेचबिखन बिरुद्ध कार्यरत जिल्ला स्तरीय सरोकारवाला सरकारी तथा गैरसरकारी संघ/संस्था संग अन्तरकृया सम्पन्न छ् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समापनको पुर्व सन्ध्यामा आज मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघ/संस्था संग पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देखिएका सामस्या तथा चुनौतीका बारेमा छलफल गर्न अन्तरकृयाको आयोजना गरिएको हो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा प्रभावकारी जिम्मेवारी बहन गर्ने जिल्ला तथा सिमा क्षेत्रका प्रहरी अधिकारी, कानुन ब्यबसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधी बिच समस्या तथा चुनौतीका बिषयमा घनीभुत छलफल गरिएको छ् । कार्यक्रमको पहिलो चरणमा माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बर्ष २०२२ को हाल सम्मको कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । माइती नेपालले प्रस्तुत गरेको प्रतिबेदन अनुसार मानव बेचबिखन तथा ओसारपसारको अवस्था भयाबह देखिएको छ् । प्रतिबेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार माइती नेपालले यस बर्ष मात्रै अहिले सम्म गड्डाचौकी सिमानाका र झोलुङ्गे पुलको बाटो हुंदै सिमापार गराउन लागिएका एक सय ५५ जना महिला तथा बालबालिकालाई रोकथाम गरी पारिवारिक पुनर्मिलन गराएको छ् । त्यसै गरी ५० जना महिलालाई सिमानामै परामर्श प्रदान गरे पश्चात उनीहरु आफु बेचबिखनको जोखिममा परेका थाहा पाएर स्वत ः स्फूर्तरुपमा सिमानाका बाटै घर फर्किएका छन् । यसै बर्ष भारतका बिभिन्न शहरका बेश्यालयमा छापा मारेर माइती नेपालले २२ जना महिला तथा बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरेको छ् । प्रतिबेदन माथी टिप्पणी पश्चात सहभागी बिच मानव बेचबिखन तथा ओसार पसारमा पछिल्लो समयमा देखिएका ट्रेण्ड, समस्या र चुनौतीका बारेमा छलफल गराईएको थियो । छलफलका क्रममा सहभागीहरुले आफ्नो राय प्रस्तुत गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी ईन्चार्ज प्रहरी निरिक्षक बिनु शाहीले मानव बेचबिखन बिश्वब्यापी समस्या भएकाले यसको नियन्त्रणका लागि सबैले अभिभावकमुखी जिम्मेवारी निर्वाह गर्न सचेतनाको आवश्यकता रहेको बताए । ‘नेपालमा मानव बेचबिखन नियन्त्रण र पिडितको उद्धार तथा पुनर्स्थापनामा माईती नेपालले धेरै राम्रो काम गरेको छ’, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी ईन्चार्ज प्रहरी निरिक्षक बिनु शाहीले भने– ‘नेपाल प्रहरी पनि घटना अघि र पछि संगै जोडिएको हुन्छ् । घटना हुन नदिन र घटना भईसके पछि पनि अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रत्यक्षरुपमा जोडिएको हुन्छ् । त्यसैले हाम्रो जिम्मेवारी पनि महत्वपुर्ण हुन्छ् । हामी सदा साथ र सहयोगका लागि तत्पर छौं ।’ छलफलका क्रममा अधिकांश सहभागीले मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधलाई स्थानीय सरकारले अत्यन्त गम्भिरताका साथ लिनु पर्ने र बजेट छुट्ट्याएर कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्नु पर्ने तर्क राखेका छन् । जिल्ला अदालत बार एशोसिएसनकी सचिव कौशिला योगीले बढी जसो घरेलु हिंसा बाट प्रताडित महिला तथा बालबालिका मानव बेचबिखनमा पर्ने गरेका हुनाले स्थानीय सरकारले घरेलु हिंसा नियन्त्रण गर्नुपर्नेमा जोड दिए । ‘घरेलु हिंसाका कारण मानव बेचबिखनका घटना बढी रहेका छन् । स्थानीय सरकारले यसको जिम्मेवारी बोध र सोध दुवै गर्नु पर्छ्’ जिल्ला अदालत बार एशोसिएसनकी सचिव कौशिला योगीले भने । कार्यक्रममा आफ्नो सुझाव प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधब धामीले पनि मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकारलेनै जिम्मेवारी लिनुपर्ने बताएका छन् । ‘स्थानीय सरकार अधिकार सम्पन्न छ् । स्थानीय सरकार भनेको जनताको घरदैलोमा पुगेको सिंह दरबार हो । स्थानीय सरकारले मानव बेचविखन नियन्क्रणलाई नीति तथा कार्यत्रम भित्र राखेर बजेट छुट्ट्याउनु पर्दछ् र टोल–टोल देखिनै मानब बेचविखन बिरुद्ध सामाजिक सचेतना अभियान गर्नु जरुरी छ् । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माईती नेपालको भुमिका सर्वोत्कृष्ट छ्’ नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधब धामीले भने– ‘माईती नेपालको यो संघर्ष मुक्त कण्ठले गर्नु पर्ने तारिफ योग्य छ् ।’ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहोरात्र खटिदै आएको माईती नेपाल कञ्चनपुरले मानब बेचविखन तथा ओसारपसार, लैङ्गिक हिंसा र महिला तथा बालबालिका माथी हुने हरेक प्रकारका हिंसा तथा भेदभाव अन्त्यका लागि निरन्तर कार्यक्रमको आयोजना गर्दै आएको छ् । यस पटक पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन गड्डाचौकी सिमानाकामा ब्यानर राखेर पर्चा पम्फलेटिङ बाट सुरु गरेको अभियान भीमदत्त नगरपालिका वडा नं. १२ र दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ् । सिमावर्ती नगरपालिकामा घरदैलो कार्यक्रम, पर्चा पम्पलेट बितरण लगाएत सुरक्षित सञ्जाल संग पुर्नताजगी बैठक एवं अनेकन् समन्वयात्मक र समहकार्यात्मक अन्तरकृयाहरुको आयोजन समेत यही लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममै गरि सकेको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी