२०८१ मंसिर ९, आईतबार
दोधारा । भीमदत्त नगरपालिकाले ठेक्का लगाउन नसकेपछि महाकाली नदीको रोयल्टीमा दोधारा चाँदनी नगरपालिकासित फेरि विवाद देखिएको छ् । अघिल्लो कार्यकालमा दुई तह बीच रोयल्टीमा विवाद देखिए पछि बाँडफाँट सहमति गरी हल गरिएको थियो । भीमदत्त नगरपालिकामा नयाँ नेतृत्वले सम्झौता नविकरण नगरी कर्मचारी परिचालन गरी रोयल्टी संकलन गर्न थालेपछि फेरि दुई तह बीच विवाद उब्जिएको छ् । दोधारा चाँदनी नगरपालिकाले ठेक्का आव्हान गरी सम्झौता गरेपछि भीमदत्त आफ्नो घाट प्रयोग गर्न नदिने मनसाय लिएर अघि बढेको छ् । दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका बिच भएको सम्झौता अनुसार आज देखि महाकाली नदीको सिमा रेखांकन सुरु गरिएको छ् । दुबैपालिकाका प्राबिधिक टोलीले महाकाली नदीमा रेखांकन गर्ने कार्य गरिएको बताईएको छ् । बिहान १० बजे दुबैपालिकाका प्राबिधिक टोली महाकाली नदीमा पुगेर रेखांकन गर्ने भनिएपछि अपरान्ह तिर भिमदत्तका प्राबिधिक टोली महाकाली नदीमा पुगेका थिए । भीमदत्तका मेयर पदम बोगटीले केही दिन अघि दोधारा चाँदनी पुगेर ठेकेदारलाई घाट व्यवस्थापनमा रोक्न औपचारिक रुपमा आग्रह गरि सकेका छन् । भीमदत्तले महाकाली नदीमा आइई वा इआए नगरी अवैध रुपमा रोयल्टी संकलन गरि रहेको छ् । भीमदत्तले चालु आर्थिक वर्षमा महाकाली नदीमा रु. ५ करोड २० लाख रोयल्टी संकलन गर्ने लक्ष्य राखेको थियो । सुरुमा कर्मचारी परिचालन गरी रोयल्टी संकलन गरि रहेको भीमदत्तले अहिले भने नदी किनारका वडा नं. ११, १२ र १३ लाई रोयल्टी संकलन गर्ने जिम्मेवारी दिएको छ् । नगरपालिका कर्मचारीलाई रोयल्टी संकलनमा अवरोध हुन थालेपछि वडालाई जिम्मा दिइएको छ् । दोधारा चाँदनी नगरपालिका ठेक्का खोलेर अघि बढेपछि मेयर बोगटीले घाट प्रयोग गर्न रोक्का लगाउन र नदीको सीमांकन गर्न पर्ने प्रस्ताव अघि सारेका छन् । दोधारा चाँदनी नगरपालिकामा केही दिन अघि भएको छलफलमा शनिबारनै सीमा छुट्याउने अनौपचारिक सहमति भएको थियो । स्थानीय तहलाई नदीको सीमा छुट्याउने अधिकार नभएपछि दुबै स्थानीय तह पछि फर्किएका छन् । जिल्ला समन्वय समितिमा आईतबार बसेको छलफलमा नदीको रेखाकांन गरी दुबैले आफ्नो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्ने सहमति गरेका छन् । दोधारा चाँदनीले समेत ठेक्का खोलेपछि भीमदत्त चौतर्फी दबावमा आएको छ् । जिल्ला समन्वय समितिले भीमदत्तको अवैध रोयल्टी संकलनलाई मौनता साँधेपछि जोगिएको छ् । समन्वय प्रमुखको नेतृत्वमा जिल्ला अनुमगन समिति छ् । भीमदत्तले गत असोज देखि अवैध संकलन गरे पनि समन्वय समित मौन बसेको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी