२०८१ मंसिर ९, आईतबार
दोधारा । बाढीका उच्च जोखिममा रहेका स्थानियहरुलाई आत्मनिर्भर बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ईन्टरलोक ब्लक मसिन सहयोग गरे संगै दोधारा चाँदनी– ९ ढकनाघाटका महिलाहरु हौसिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत दोधारा चाँदनी– ९ ढकनाघाटका प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई एक थान ईन्टरलोक ब्लक मसिन सहयोग गरे संगै स्थानियहरु ब्यवसायीय तथा आत्मनिर्भर बन्नको लागी हौसिएका छन् । उनिहरुले उक्त मसिनबाट ब्लक निमार्ण गर्न थालेका छन् । प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिको माँग अनुसार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत ईन्टरलोक ब्लक मसिन उपलब्ध गराएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले बताएका छन् । आज एक कार्यक्रमको बिच बिधिवतरुपमा ईन्टरलोक ब्लक मसिनबाट ब्लक निमार्ण कार्यको सुभारम्भ गरिएको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले जानकारी दिएका छन् । सुभारम्भ कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा सदस्य बल बहादुर रावत, बल बहादुर खड्का, मैना सुनार, मिना धामी, प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेरा लगाएत ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजना मार्फत दोधारा चाँदनी– ९ ढकनाघाटका प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई एक थान ईन्टरलोक ब्लक मसिन सहयोग गरेकोमा धन्यबाद दिदै उनले बाढीको उच्च जोखिममा रहेका स्थानियहरुलाई जिवीकापार्जनमा ईन्टरलोक ब्लक मसिनबाट ब्लक उत्पादनले स्थानियहरुको दैनिकीमा निकै सघाउने बताएका छन् । बिगत लामो समय देखि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले दोधारा चाँदनी नगर क्षेत्रमा बाढीको पुर्व तयारी, बाढी आएको बेला सहयोग संगैं तटिय क्षेत्रमा बसोबास गर्ने बाढीको उच्च जोखिममा रहेको स्थानियहरुको जिवीकापार्जनमा सघाउदै आएको दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले बताएका छन् । प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेराले बाढीका उच्च जोखिममा रहेका स्थानियहरुको आत्मनिर्भर बनाउन सुद्दढ परियोजनाले गरेको ईन्टरलोक ब्लक मसिन सहयोगले स्थानियहरुका खुशी छाएको बताएका छन् । आजभोली घर तथा अन्य निर्माण कार्यमा प्रयोगमा आएको ईट्टा कमजोर रहेको भन्दै ईन्टरलोक ब्लक मसिनबाट उत्पादन गरिएको ब्लकहरु निकै मजबुत हुने हुदा यसको माँग आउन थालेको बताएका छन् । वडामा आगामी दिनहरुमा निमार्ण गरिने कलर्भट, घर तथा बिद्यालयमा ईन्टरलोक ब्लक मसिनबाट निमार्ण गरिएको ब्लक प्रयोगमा ल्याउन जनप्रतिनिधी तथा स्थानियहरुले प्रतिबद्धता जनाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी