२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर: वैदेशिक रोजगारको नेपालको लागि प्रमुख गन्तव्यको रुपमा रहेको देश भनेर भारतलाई चिन्ने गरिन्छ । तर हिजो आज त्यही भारत जान समेत भिसा लगाउनु भन्दा बढी सास्ती खेप्नु परेको दृश्य सीमा नाकामा देखिने गरिन्छ ।
कंचनपुरको गड्डाचौकी नाका भन्दा करिब ५०० मी. भारत तर्फ भारतिय सीमा सुरक्षा बलको चेक पोष्ट अवस्थित छ ।
नेपालीहरु प्रायः गरि नेपालमा भन्दा केही सस्तो रुपमा घरायसी सामान पाइने हुदा सामान किन्नको लागी भारतको बनबसा बजार जाने गर्दछन । सो चेक पोष्टमा जादा मोटर साइकिल तथा साइकिल , आफ्नो गाडी लगेर आवत जावत गर्ने व्यक्तीहरु तथा पैदल यात्रुलाई समेत चेकिङ्गको नाममा सास्ती खेप्नु परेको छ ।
आफ्नो साधनको इन्ट्री गराइसके पछि स्क्यानरमा आफुलाइ चेक गराइसकेपछी फेरि आफ्नो साधन लिन गैसकेपछी समेत नेपाली भएकै कारण अभद्र व्यवहार खेप्नु परेको छ ।
प्रायः जसो नेपाली कामदार छोटो र छिटो गन्तव्यमा रोजगारीको अवसर भएको हुदा भारत तर्फ जान रुचाउने गरेको पाइन्छ तर बेला-बेलामा भारततर्फ बाट हुने अभद्र व्यवहारका कुराहरु आएपनी भारतिय पक्षलाई भने कुनै चासो नै नहुने गरेको पाइन्छ ।
भारतमा रोजगारीको लागि दीर्घकालीन रुपमा मात्र नभइ दैनिक रुपमा सामान भारतबाट नेपालतर्फ ल्याउने लैजाने महिला-पुरुषको समेत ठूलो संख्या रहेको छ , उनीहरुले सामान बोक्नु रहर नभइ परिवार पाल्नको लागी गरिने पेशाको रुपमा रहेको हुदा समेत उनीहरु अपमान सहन बाध्य भएका पाइन्छ्न ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी