२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका हाकिमले निम्नस्तरका प्रहरीलाई पैशा उठाउन पठाउने कार्बाही गरिने बताएका छन ।
शुक्रबार प्रहरी प्रधान कार्यालयको अवलोकन निरीक्षण कार्यक्रमको सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरीका हाकिमले निम्नस्तरका प्रहरीलाई पैशा उठाउन पठाए कार्बाही गरिने बताएका हुन ।
गृहमन्त्री लामिछानेले विगतमा प्रहरीका हाकिमले तस्कर, गैर कानुनी काम गर्ने व्यवसायीबाट हप्ता महिनावारी उठाउन अवैध पैशा कमाउने काम बिरुद्ध निर्मम हुने बताए । ‘‘पैशा उठान जाने निम्नस्तरको प्रहरी कर्मचारीलाई होईन, पैशा उठाउन पठाउने हाकिममाथि कार्बाही गर्नुहोला ।’ गृहमन्त्री लामिछानले नागरिक गुनासो थुप्रै रहेको बताउँदै भनसुन बिना प्रहरीमा कामै हुदैन यो अवस्थाको अन्त्य गरि सर्वसाधारण सहज पहुँच गराउने बताए । ‘सुन्य भ्रष्टाचार दण्डहिनता अन्त्य गर्छु, ‘गृहमन्त्री लामिछानेले भने, ‘राजनीतिक दलको नामबाट हुने अपराध रोक्नुपर्छ ।’ भन्सार छली चोरी तस्करी विषेश कार्ययोजना, सरुवा, बढुवा मापदण्ड अनुरुप नेताको घर धाउनुपर्ने अन्त्य गरिने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी