२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक वडाध्यक्षले आफुले पाएको सरकारी सेवा सुबिद्याबाट गरिब तथा बिपन्न घरपरिवारलाई सहयोग गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले निर्वाचनको बेला आफुले जनता माँझ गरेको बाँचा अनुसार सरकारी सवारी साधानको प्रयोग नगर्ने तथा पाउने सेवा सुबिद्याले गरिब तथा बिपन्न घरपरिवारलाई सहयोग बाँचा अनुरुप वडाध्यक्ष खत्रीले वडामा रहेका वर्ष अन्ताजी ७३ का (एकल महिला) भाना भट्टलाई रु. ७ हजार नगद रकम सहयोग गरेका छन् । भाना भट्टको आर्थिक अवस्था दैनिय रहेको अवस्थामा उनको दैनिकी चलाउन आफुले पाउदै आएको वडाध्यक्षको सेवा सुबिद्याबाट उक्त रकम सहयोग गरेको वडाध्यक्ष खत्रीले बताएका छन् । वडाध्यक्ष खत्रीलाई मनकारी वडाध्यक्ष भन्दै भाना भट्टले वडाध्यक्ष केशव खत्रीलाई आर्शिवाद समेत दिएका थिए । ‘हाम्रो वडाध्यक्ष केशव खत्रीले गाँउ, बस्तीमा निकै राम्रो काम गर्नुभएको छ्’ भाना भट्टले भने– ‘हामी गरिबहरुले दिएको आशिष लागोस् ।’ वडाध्यक्ष खत्रीले आफुले पाउदै आएको सेवा सुबिद्याबाट बिगतका दिनहरु देखि वडाका गरिब घरपरिवारलाई सहयोग गर्दै आएका छन् । जनताको हरेक सुख दुःखमा साथ दिने भएका कारण उनि लोकप्रिय बन्दै गएका छन् । आफुले पाएको सरकारी सेवा सुबिद्याले जनताको सेवामा खर्चिन थाले संगै उनि उदाहरणीय जनप्रतिनिधी बन्दै आएका स्थानियहरुले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी