२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा रहेका बिभिन्न सडकहरु कालोपत्रे गर्ने बजेट कटौती गरिएपछि वडाका अध्यक्ष रबिन्द्र देवकोटा अनशन मा बसेका छन् । गत आर्थिक वर्षमा बजेट विनियोजन भई सडकको बेस निर्माणको कार्य पनि सम्पन्न भईसकेको अवस्थामा अहिले आएर एकाएक बजेट नै कटौती गरी सडकहरु अलपत्र पारेको अध्यक्ष देवकोटाले बताए । उक्त सडकहरु निर्माण नभएर आम जनतालाई सास्ती भएकाले उक्त कटौती गरिएको बजेटलाई यथासिघ्र प्रक्रिया मिलाएर बजेट व्यवस्थापन गरी सडक कालोपत्रेको काम संचालन गरिनु पर्ने माग रहेको अध्यक्ष देवकोटाले बताए । भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कर्टाती गरिएको र आम जनताको विकासको लागि आएको बजेट नै कटौती गरेर वडावासीलाई दुख दिने कार्यको विरुद्धमा आफुले अनशन बसेको वडा अध्यक्ष देवकोटाले बताए । विगतमा नगरपालिकालाई पत्र मार्फत बजेट कटौती गरिनु उचित होईन भनेर ताकेता गरियो र आउँदै गरेको हिउँदे अबिधेशनका यि कुरालाई मध्ये नजर गरेर बिभिन्न विषयबाट रकमान्तर गरेर यो सास्याको सामाधान गरिनु पर्ने माग गरिएको बताए । पालिकामा जानकारी लिँदा बजेट काटियो , म्याद थप गरिएको छ भनेर आलटाल मात्रै गर्ने यो अन्याय भएको छ यो अन्याय नगर्न आग्रह गर्दछु, उनले भने, ‘मंगलवार पहिलो दिन पत्थरपुरदेखी अनशन शुरु भएको छ, अहिले सडकबाटै कार्यालयको सेवा दिईरहेको छु’ उनले भने, ‘जब सम्म यो सडकहरुको बजेटको व्यवस्था हुँदैन तबसम्म जुनजुन क्षेत्रका सडक बनेका छैनन ति क्षेत्रहरुमा अनशन जारी नै रहन्छ’ । बिहानबाट केही नखाएर म अनशनमा बसेको छु सडकमा बसेर अनशन गरेको छु जनतालर्य पनि सास्ती नहोस भनेर सडकबाट कार्यालयको काम गर्नु पर्ने बाध्यता भएको उनले बताए । यो कार्यमा अम जनताले पनि आफुलाई साथ र सहयोग गर्नेमा विस्वस्त रहेको वडाअध्यक्ष देवकोटाले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी