२०८१ मंसिर ९, आईतबार
दोधारा । वर्षौ देखि सािर्वजनिक अतित्रमित जग्गा खाली गराएर दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले वडा कार्यालय बनाउने भएका छन् । बिगत लामो समय देखि भाडामा वडा नं. ५ वडा कार्यालय संचालन हुदै आएको थियो । वडाको बिकास र काम गर्न सहजताको लागी वडाध्यक्ष खक्रीले बिगत लामो समय देखि अतित्रमित हुदै आएको सार्वजनिक जग्गामा वडा कार्यालय बनाउने सुरसार गरेका छन् । वडाको बिष्णु टोलमा वडाध्यक्षको पहलमा २ महिना अघि माक्रै अतित्रमित जग्गालाई छुट्याएर वडा कार्यालय बनाउने तयारी थालेका छन् । वडा कार्यालय स्थापना संगै कामकाज गर्न सहज हुने वडाबासीहरुले बिश्वास लिएका छन् । वडाध्यक्ष खक्री ३ महिना अघि देखि अतित्रमित जग्गा छुट्याएर वडा कार्यालयको भवन बनाउने कसरतमा रहेका हुन् । वडाध्यक्ष खत्रीले वडा कार्यालयको भवन निमार्ण गर्ने कार्यलाई तिब्रता दिदै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । जग्गा नजिक रहेको मलेरिया नालामा तटबन्ध निमार्ण संगै जग्गालाई समथर बनाउने तथा स्थानियबासी संग सहकार्य कार्यलाई तदारुकताका साथ अघि बढाउदै आएको स्थानियहरुले बताएका छन् । वडाध्यक्ष केशव खत्रीको उक्त कार्यालाई स्थानियहरुले प्रशंसा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वडाध्यक्ष खत्रीको पहलमा निमार्ण गर्न लागिएको वडा कार्यालय जग्गाको स्थलगत अनुगमन गरेका छन् । मेयर लिम्बुले स्थानियबासीहरु संग समेत राय लिएका छन् । अतिक्रमित जग्गा खाली गराएर वडा कार्यालयको भवन निमार्ण गर्न पहल गरेका वडाध्यक्षलाई मेयर लिम्बुले धन्यबाद दिदै वडाबासीको राम्रो सहयोग देखिएको बताएका छन् । वडाध्यक्ष खत्रीले वडालाई समृद्धि बनाउन गर्दै आएको प्रयासलाई मेयर लिम्बुले खुलेरै प्रशंसा गरेका थिए । बिष्णु टोलमा झण्डै ५ कट्टा बढी जग्गामा वडा कार्यालयको भवन निमार्ण गर्न स्थानियबामसीहरुले वडाध्यक्षलाई सघाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी