२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा छाडा चौपाया व्यवस्थापन नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
चुनावताका छाडा चौपाया समस्या समाधान गर्ने भन्दै मत मागेको तर अहिलेसम्म चौपाया व्यवस्थापन नगरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।
स्थानीयले सडकका चौपाया संकलन गरेर नगरपालिका परिसरमा हुल्न खोजेपछि शुक्रबार भीमदत्त नगरपालिकामा तनाव भएको छ ।
छाडा चौपाया नगरपालिकाभित्र हुल्न पुगेका स्थानीयलाई प्रहरीले रोकेपछि प्रहरी र स्थानीय धकेलाधकेल भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए।
‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर कुन ठाउँमा राख्न सकिन्छ? भनेर ठाउँ खोज्ने काम गरिरहेका छौं,’ उनले भने, ‘समितिले हामीलाई ठाउँ सिफारिस गरेको छ, अब प्रावधिक टोली सहित गएर व्यवस्थापनको काम अगाडि बढाउँछौं ।’
यसअघि छाडा चौपाया व्यवस्थापन नभएको भन्दै बेदकोट नगरपालिकामा पनि स्थानीय चौपाया नगरपालिकामा हुलेका थिए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी