२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र मात्रै होईन थप दुर्दशायुक्त भईरहेको छ । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो ।
पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७० महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह र ४ मंसिरमा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल, उम्मेदवारले चुनावी एजेण्डा अघि सारेपनि चुनाव जितेपछि चुपचाप बसेका छन । ठग ठेकेदार सामुह जनप्रतिनिधी र संसद पनि निरही बनेका छन । चुनावका बेला हुलाकी सडक काम नगर्ने ठेकेदार तह लगाउने चर्काचर्की भाषबाजी गर्ने नेताहरु चुनवा जितेपछि चुपचाप छन । कहिकतै पनि हुलाकी सडकबारे चुईक्क समेत नबोल्ने गरेको र जसका कारण पनि ठेकेदारलाई मात लागेको स्थानीयको ठहर छ ।
०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थपेको थप्पई छन । पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ ।
दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।
तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ । कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ । शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ । ठेकेदारहरुले शक्तिको आडमा काम नगरेको पाईन्छ । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीयको हरिबिजोग भएको छ । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन ।
हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९ रतनपुरका सुरेन्द्र प्रशाद जोशीले दुरगामी योजना नहुँदा बर्षातका बेला डुवान, धुलाम्य र सुख्यायाममा धुलाम्मे स्थानीयलाई समस्या भईरहेको बताए । ‘समयमै सडक निर्माण नहुँदा सडक छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन, उनले भने, ‘सडक छेउका घरमा घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’ सडक निर्माणसंगै पानी निकासका लागि ढल निर्माण हुनुपर्ने बताए । उनले ढल निर्माणसंगै हुलाकी सडक दर्ताजमिन धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा
जोडदिए ।
हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पूनर्वास नगरपालिका २ मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए ।
निर्माण कम्पनीले सम्झौता गरेको ७० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ ।
बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।
शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १ बर्ष काममा अवरोध गरिदिएको थियो । बेलडाँडी क्षेत्रको ४ सयमिटर सिँचाईको जमिन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए । ‘बर्षा रोकिए लगत्तै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’ हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईरहेको छ ।
६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र राना नेतृत्वमा केही महिना अधि हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीलाई ज्ञापन पत्र बुझाउनेक्रममा ठेकेदार कम्पनीका तर्फबाट ईन्जिनियर रोशन भट्टले दशौँ तिहार लगत्तै काम गर्ने बताएका थिए, तर दशौँ तिहार र चुनाव पनि सकिएपछि रतिभर काम गरेका छैनन । भने हुलाकी आयोजना निर्देशक रबिन जोशीले समेत ठेकेदार कम्पनीलाई काममा लगाउने बचन दिएपनि अहिलेसम्म ठेकेदारलाई काम गराउन सकेका छैनन । स्थानीयले दैजी बेलडाँडी जंगल सडकखण्ड अन्र्तरगत शिघ्र काम गर्नुपर्नेमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी