२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ९ आम्भोजकी २३ बर्षिया आशा बस्नेत मृत्युको मुखमा पुगेर पनि बाँचेकी छिन ।
मंगलबार आमालाई खानेदिन जाँदा महाकाली नदीमा बहाव बढेर बगेकी आशालाई प्रहरीले समयमै उद्दार गरेको छ ।
ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक अमरसिह साउद नेतृत्वको टोलीले आशालाई समयमै उद्दार गरेको हो । आशा महाकाली नदीमा बगेको खबर पाउने लगत्तै प्रहरी टोली घटना स्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले आशा महाकाली नदीमा बगेको खबर पाउँनासाथ प्रहरी निरीक्षक अमरसिह साउद नेतृत्वको टोलीले आशाको उद्दार गरेको बताए । आशा आमा खरकटाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी थिईन, आमालाई खाना लैजाने क्रममा उनी महाकाली नदी तर्ने क्रममा बगेकी थिईन ।
समयमै प्रहरी पुग्दा आशालाई बाँच्ने आशा थप पलाएको छ । आशाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रबाट उप उपचारका लागि सेती अस्पतालमा उपचारका लागि पठाईएको छ । अहिले आशाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । यसरी महाकाली नदीले बगाएर समयै प्रहरीद्वारा उद्दारपछि बाँच्न सफल भएकी आशालाई थप बाँच्ने आशा छ । महाकाली नदीमा बगेको मानिस बिरलै उद्दार र हुने बाँच्ने गरेका छन । प्रहरीको उक्त सहासिक कार्यबाट स्थानीय हर्षित भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी