२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बादी समुदायका घरपरिवार हिउदे झरीमा कठ्यांग्रिएर बस्न बाध्य छन् । हिउदे झरी र चुहिने त्रिपालको छानो र ओढ्ने कपडा नभएको कारण उनीहरु कठ्यांग्रिदो जाडोमा परेका हुन् । बिगत लामो समय देखि बडुवाल टोलमा बस्दै आएको बादी परिवारहरु तत्कालिन नेकपा माओबादी र नेपाल सरकार बिच द्धन्द्धको त्रासमा भारत पलाएन भएका थिए । केही वर्ष अघि बादी घरपरिवारहरु दोधारा चाँदनीमा आफ्नो जग्गा खोज्दै फर्केका थिए । उनिहरु मध्य केही भने अझै पनि भारतका बिभिन्न बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । बस्तीमा बसोबास गर्दै आएका रेशम बादी भन्छन्, ‘गरिबलाई हेर्ने को नै छ र ? वर्षा हिलोमा बित्छ्, हिउद कठ्यांग्रियर’ उनले थपे, ‘नगरपालिकाले गरिब तथा बिपन्नहरुलाई न्यानो कम्वल वितरण गरेको भन्ने जानकारी पाएको छु तर हामी जस्ता गरिबलाई कसैले दिदैन ।’ सरकारले पनि पहुचवालालाई मात्र सुविधा दिने गरेको बादी परिवारहरुको गुनासो छ् । केही दिन देखि पर्दै आएको वर्षाले गर्दा काम गर्न समस्या भएकाले बालबच्चालाई खुवाउने कुराको जोहो गर्न समस्या भएको बादी घरपरिवारहरुले सुनाए । वर्षा नहुदा पनि बिहान बेलुकाको छाक गुर्जान अरुकोमा काम नगरी चुलोमा आगो नबल्ने बादी परिवारमा झरी र चिसोले गर्दा थप समस्या उत्पन्न भएको छ् । चिसोबाट बच्न दोधारा चाँदनी नगरपालिकाले गरिब तथा बिपन्नलाई न्यानो कम्वल बितरण गरेको थियो । तर न्यानो कम्वल पाउनबाट बादी घरपरिवार बिमुख भएका छन् । बडुवाल टोलका बादी समुदाय दोधारा चाँदनी नगरपालिकाले न्यानो कम्वल वितरण गर्दा आफूहरुलाई विभेद गरेको बताउछन् । सिता बादीले गुनासो गर्दै भनिन्, ‘हामी जस्ता दु:खी गरीबलाई सरकारले नहेरेर हुनेखानेलाई मात्र कम्वल वितरण गरेको छ ।’ चुहिने त्रिपालको छानोमुनी बास भएकाले रातमा सुत्न पनि निकै समस्या हुने गरेको उनको गुनासो छ् । अहिले आएर उनिहरुलाई खाना संगै जाडो दिन काट्नै समस्या पर्दै आएको छ् । बादी परिवारलाई देशको बदलिदो राजनीति गर्मा गर्मी भन्दा पनि भ्वाङ परेको ओछ्याउन र झुपडपट्टीको चिन्ताले सताएको छ् । शितलहर संगै चल्ने चिसो हावाले झुपडीमा ओत लागेका बादीको परिवारलाई कपाई रहेको छ् । शितलहर संगै चल्ने चिसो हावाले कठ्यांग्रिएर मरिन्छ् कि, भन्ने डरले उनीहरुलाई सताएको छ् । नेपाल सरकार ‘लोपोन्मुख बादी जाती जाडोले थरथर काँपिरहदा स्थानिय सरकार, प्रदेश सरकार निरीह दर्शक बन्नुले संघियता अभ्यासको जगलाई बलियो बनाउदैन् । संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हक भित्रको धारा ३६ मा आधारभुत आवश्यकता सम्बन्धी हकले प्रत्येक नागरिकलाई आधाभुत आवश्यक वस्तुको अभावमा हुने जिवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ् । त्यस्तै, धारा ४० मा दलितको हक सम्बन्धि व्यवस्थामा आवास विहीन दलितलाई कानुन बमोजिम बसोवासको व्यवस्था गर्ने भनिएको छ् । त्यसैगरी धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ् भनि उल्लेख गरिएको छ् । तर नेपाल सरकारको यी मौलिक हकबाट दोधारा चाँदनी नगरपालिकाका बादी घरपरिवार बञ्चित देखिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी