२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाादनी नगर क्षेत्रमा निलगाईले किसानहरुलाई हैरान पारेको छ् । छाडा चौपाया संगै निल गाईले स्थानिय किसानहरुले लगाएको खन्नवाली नष्ट पार्न थालेपछि किसानहरुले हैरानी खेप्नु परेको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा दैनिक रातीको समयमा हुल बाँधेर आउने निल गााईले गहुँ खेती, तरकारी तथा दलहन बालीलाई निसाना बनाएको छ् । भारतिय जंगलबाट आएको दर्जनौं संख्यामा रहेका निल गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियहरुले बताएका छन् । हात्तीले किसानहरुको खेती नष्ट गर्दै आएको दोधारा चाँदनीको बडवाल टोलमा अहिले आएर निल गााईले खेतीपाती नष्ट गर्न थालेपछि किसानहरु पिडा थपिएको छ् । निल गाई धपाउन स्थानियहरु राभरी जाग्रम बस्दै आएको स्थानियबासी लक्ष्मी राना क्षेत्रीले बताएका छन् । नील गाईले मेहनत गरि लगाएको बाली खान थालेपछि किसान चिन्तित बनेका छन् । नील गाईले गहुँ, तरकारी तथा दलहन बालीलाई निसाना बनाएको छ् । दर्जनौं संख्यामा रहेका गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियबासी लक्ष्मी राना क्षेत्री बताउछन् । ‘कतिपय बाली त, निल गाईले कुल्चेर पनि नष्ट गर्छ’ लक्ष्मी राना भन्छन् । केही दिन अघि हात्तीको आहारा बनेको बडवाल टोलको खेती वाली अहिले आएर नीलगाईको आहारा बनेको छ् । भारतिय जंगलमा लुकेर बस्ने गरेका नील गाईले रात परेपछि निस्केर किसानका बाली नष्ट पार्दै आएको छ् । अहिले त दिनमै आएर बाली खान थालेको अर्का स्थानियबासी आशा रानाले बताएका छन् । ‘दर्जनौंको संख्यामा झुण्ड बनाएर आउने निलगाई जुन खेतमा पस्छन् त्यो खेतको पूरै बाली सखाप नै पार्छ्’ आशा रानाले भनिन् – ‘कतिपय बाली त खुटले किचिएर नै नष्ट हुन्छ ।’ उनका अनुसार केही दिन अघि मात्रै हात्तीले आतंक मच्चाएको बस्तीमा अहिले आएर नीलगाईले खेती खाएर आतंक नै मच्चाएको छ्’, आशाले भने, ‘राती निलगाई धपाएन भने बाली खाएर जान्छ् । खेतमा मानिस देख्ने बित्तिकै भाग्छ् । एक/दुई वटा भए त लखेटेर भगाउन मिल्थ्यो । दर्जनौं संख्यामा आएका छन् ।’ रातीको समयमा एउटा झुण्डलाई धपाउदा अर्को खेतमा आइपुग्ने गरेको उनले सुनाए । वर्ष भरि मिहिनेत गरेर उब्जाएको बाली एक रातमै आएर सखाप पार्दा बिचल्ली भएको बडवालबासीको भनाई रहेको छ् । ‘तरकारी बाली पूरै खाइदिएको छ् । बालीनाली नष्ट हुदा किसानको लगानी समेत उठ्ने अवस्था छैन’, लक्ष्मी रानाले भने– ‘वर्ष भरिको मिहिनेत खेर जाादा किसानको जिवन कष्टकर बनेको छ् ।’ दोधारा चाँदनीको बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बिच द्वन्द्व चलिरहेको छ् । छाडा चौपाया र वन्यजन्तुले किसानहरुले लगाएका खेती एक रातमा सखाफ पार्न थालेपछि किसानहरु चिन्तीत बन्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र र सिमा संग गाँसिएको भारतिय क्षेत्रमा रातीको समयमा दोधारा चाँदनीको बिभिन्न बस्तीमा वन्यजन्तुले खेतवाली क्षती गर्दै आएको स्थानियहरुले बताउदै आएका छन् । वन्यजन्तुले बिगत लामो समय देखि किसानहरुको खेतवाली क्षती गर्दै आएपनि सरोकारवालाहरुले ध्यान नदिएको किसानहरुको आरोप छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी