२०८१ मंसिर ९, आईतबार
कञ्चनपुरको दोधारा चाँदनीका स्थानीयलाई नेपाली सुरक्षाकर्मीले नै सीमामा दुःख दिनेको गरेको दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष तथा प्रवक्ता ओम बस्नेतले आरोप लगाएका छन् ।
स्थानीयले घरमा प्रयोग गर्नका लागी ल्याउने समानमा समेत नेपाली सुरक्षाकर्मी प्रहरी र शसस्त्रले अनायसै दुःख दिने गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रवक्ता बस्नेतले नेपाल प्रहरी र शसस्त्रले कमिशनको भरमा काम गर्दै आएको र ठुला तस्करहरुलाई संरक्षण गर्ने गरेको आशय प्रकट गरेका छन् । दोधारा चाँदनीका स्थानीयले घरको लागी समान ल्याउदा पनि दुःख तथा शास्ती खेप्नु परेको बताएका छन् ।
वडाध्यक्ष तथा दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।
दोधारा चादनीको विभिन्न ठाउँ हरुमा भारतको सिमाना पर्छ हाम्रो देशमा जे जति समान आउँछ त्यो लगभग सबै भारत र अन्य देश बाट आउँछ । अनि यहाँ आउने धेरै जसो पुलिस व शसस्त्र ले कहिले सिमामा जनतालाइ दुख दिन्छन भने कसैको राजनितिक व कमिसनको भरमा छोडिदिन्छन । हाम्रा जनताले राज्यलाइ कर नतिर्ने भनेको कहाँ छन र तिर्छौ भनेर पनि तिर्न पाउदैनौ कर तिर्न पनि हामिलाइ गड्डाचौकी उल्टो बाटो पर्छ । ठुला ठुला तस्करहरु मज्जाले आफ्ना माल समान लैजाने गर्छन तर सामान्य खाद्द्न्न खरिद गरेर ल्याउदा पनि गरिब जनतालाइ दुख दिने काम भइ रहेको छ । अब जनतालाइ तत्काल दुख दिने काम रोकियोस होइन भने यस्को परिणाम ठिक हुदैन । हामी जनताका प्रतिनिधि हौ र हामी सङ्ग जनता साथमा छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी