२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष ओंम बस्नेतले वडामा रहेको अतिक्रमित सार्वजनिक बाटो खोलेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न एक सार्वजनिक सुचना प्रकाशित गरे संगै वडामा रहेका अतिक्रमण गरिएको सरकारी जग्गा दोधारा चाँदनी– ६ का वडाध्यक्ष ओंम बस्नेत कस्सीएका छन् । उनलाई स्थानियहरुले निकै साथ र सहयोग दिदै आएका छन् । वडामा रहेका सार्वजनिक जग्गा खाली गर्न वडा कार्यालयले सबैमा जानकारी गराए संगै वडाबासीले वडाध्यक्ष बस्नेतको कामलाई आत्मसाथ सहयोग गरेको स्थानियबासी अन्जु थापाले बताएका छन् । बिगतका जनप्रतिनिधीहरुले गर्न नसकेको काम वडाध्यक्ष ओंम बस्नेत गर्न थालेको अन्जुले बताए । आज वडाको सुनखारी टोलमा झण्डै आधा किलोमिटर अतिक्रमित बाटो खोलेका छन् । सुनखरी टोलमा रहेको ५० सय्याको निमार्णधिन अस्पाताल र नजिकै रहेको चिस्यान केन्द्रमा पुग्न स्थानियहरुलाई सहजताको लागी समेत अतिक्रमित जग्गा खोल्न आवश्यक भएको अन्जु थापाले बताएका छन् । ‘बाटो नहुदा घरमा साईकल जानमा समस्या भएको थियो, वडाध्यक्ष ओंमदाई संग हामी गाँउले सहकार्य गरि बिगत लामो समय देखि अतिक्रमण भएको सरकारी बाटो खोल्न थालेको छौं’ अन्जुले भने– ‘बाटो खोले संगै हामी झण्डै २० घरपरिवारहरु लाभान्भित भएका छौं ।’ अतिक्रमणका रहेको सरकारी बाटो खोल्न वडाध्यक्ष ओंम बस्नेतलाई स्थानियहरुले सहयोग गर्दै आएको अर्का स्थानियबासी पुजा थापाले बताएका छन् । ‘पहिलाका जनप्रतिनिधीहरुलाई अतिक्रमण भएको सरकारी बाटो खोल्न अनुरोध गर्दै आएको थियौं, तर खुल्न सकेको थिएन् । अहिले आएर वडाध्यक्ष ओंमजी आए संगै बाटो खुल्यो, हामीलाई राम्रो भएको छ्’ पुजा थापाले भने । वडाध्यक्ष बस्नेतको पहलमा सुनखरी टोलमा वर्षौ देखि अतिक्रमणमा रहेको बाटो खोले संगै स्थानियहरुलाई कुटानी पिसानी तथा आवत जावत गर्न सहज भएको स्थानियबासी अमित बस्नेतले बताएका छन् । दोधारा चाँदनी– ६ का वडाध्यक्ष ओंम बस्नेतले बिगत लामो समय देखि अतिक्रमणमा रहेको सार्वजनिक बाटो खोल्न सहयोग गर्ने स्थानियहरुलाई धन्यबाद दिदै चाडै उक्त बाटोमा ग्रबिलिङ्ग गरि बाटो ब्यवस्थीत गर्ने बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी