२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
पछिल्ला दिनहरुमा नेपाल प्रहरीले भारतसंग सीमा जोडिएका ‘कैलाली–कञ्चनपुर’ जिल्लामा राजस्व चोरीछली बिरुद्धमा निर्मम भएर एक्सनमा उत्रिएको छ । भारतसंग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर जिल्लामा नेपाल प्रहरी निर्मम भएर तस्कर बिरुद्धमा एक्सनमा उत्रिएको हो । प्रहरीले अहिले दैनिक तस्कर नियन्त्रणमा कठोर नीति नै अबलम्बन गरेर तस्करी नियन्त्रण गर्दै आएका छन ।
तस्करीको चुङगोलमा रहेको ‘कैलाली कञ्चनपुरमा’ तस्करको जालो तोड्नका लागि डिआईजी अशोक सिहले सकृयता विशेष अप्रेसन चलाएका छन । डिआईजी सिहको सकृयता वास्तविक नै राम्रो भएपनि नयाँ हुँदा मात्रै जोस जाँगर हो की कुनै अन्य स्वार्थ लुकेको छ, भन्ने विषय स्वयम प्रहरीका जिल्ला, ईलाका, चौकी प्रमुख अनविज्ञ छन । विगतका डिआईजीले शुरुवाती चरणमा तस्करप्रति कडाई गर्ने त्यसपछि लाईन लिएपछि निष्कृयता देखाउने प्रवृति थियो, सिहले विगतका डिआईजीकै जस्तो प्रवृतिलाई निरन्तरता दिने हुनकी साच्चिकै सुशासन कायम गर्न खोजेका हुन, त्यो त भविष्यमा प्रहरीको कामकाजबाट स्पष्ट पार्ने नै देखिन्छ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिहले सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेबारी सम्हालेपछि कैलाली कञ्चनपुरमा प्रहरी तस्कर बिरुद्धमा निर्मम भएर प्रस्तुत भएका छन । डिआईजी सिहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेसंगै मातहतका प्रहरीलाई तस्कर बिरुद्धमा सुन्य सहनशिलतामा काम गर्न र मानिस सहित पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले तस्करका अवैध समान समात्दै बरामद गर्दै भन्सार चलान गर्दै आएको छ, तर मानिस भने समातिरहेको छैन ।
भारतबाट चोरी छली गरेर समान भित्र्राउने क्रममा प्रहरीले ठाँउको ठाँउमा अवैध समान बरामद गर्दै आएपनि तस्कर भने नसमातेको हो । तस्करीका समान समात्ने तस्कर नसमात्ने यो संयोग होकी, कुनै बार्किनिङ्ग प्वाईन्ट भन्दै जनताले जिज्ञासा राखेका छन । बिहीबारदेखि शनिबारसम्म तीनदिनसम्म कञ्चनपुर र सुदूरपश्चिम प्रदेश कार्यालयले अवैध समान बरामद गरेको वितरण सचार माध्यमलाई पठाएर अनुरुप समान, तस्करीमा प्रयोग भएका साधन मात्रै बरामद गरेको पाईन्छ । प्रहरीले तस्करीका अवैध समान बरामद गरेर कतै तस्करलाई उन्मुक्ति दिन त खोजेको होईन भने आशका उब्जाएको छ । भारतबाट आउने कुन्डलका कुण्डल समान ओर्सानमा सवारी साधनदेखि मानिस प्रयोग भएपनि प्रहरीले समान मात्रै बरामद गरेको घटनाक्रमले तस्करी मौलाएको देखाउँछन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २६ माघमा पठाएको विवरण अनुरुप कैलाली कञ्चनपुरबाट अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ । जिल्ला प्रहरी कञ्चनपुर, ईलाका प्रहरी कार्यालय बेलौरी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले १ सय ६० किलो माछा सहित कम्वल, कपडा ६० हजार, ६८० रुपैया बराबरको अवैध समान बरामद गरेको छ ।
२७ माघमा प्रदेश प्रहरी र प्रहरी चौकी त्रिनगरको टोलीले सूर्ति, सुपारी, बिडी गरी १२ हजारको अवैध समान बरामद गरेको छ । २८ माघमा ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीले जमुनाघाडीबाट तरकारी फलफुल सहित २ थान मोटरसाईकल गरी ७४ हजार ७५०रुपैया बराबरको समान बरामद गरेको छ । भारतीय नम्बरका मोटरसाईकल बरामद गरेको थियो । भारतबाट अवैध रुपमा नेपाल भित्र्रिएका समान बरामद गर्दै प्रहरीले कैलालीकोृ त्रिनगर र कञ्चनपुरको ग्डाचौकीमा बुझाउँदै आएको छ ।
प्रदेश प्रहरी प्रमुख (डिआईजी)ले मातहतका निकायलाई पटक पटक मानिस अर्थात तस्कर सहित समान नियन्त्रणमा लिन दिएको निर्देशन समेत पालना भएको छैन । तस्करी अर्थात अवैध कारोबारमा संलग्नलाई कार्बाही गरे मात्रै तस्करी रोकिने स्थानीय व्यवसायीको समेत भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले मानिस सहित समान बरामद भईरहेको बताए । ‘नयाँ डिआईजी आएपछि हामीले कञ्चनपुरका विभिन्न स्थानबाट ८÷९मानिस सहित समान बरामद गरेर भन्सार बुझाएका छौँ, ‘उनले भने, ‘अवैध कामकाजमा संलग्न जो कोहीलाई पनि कानुनी दायरमा ल्याएर भन्सार पेश गरेका छौँ ।’ अनि अवैध समान बरामद गरेको समान र साधनको मात्रै संचार माध्यमलाई विवरण आएको छ नि भन्ने प्रशनले एसपी चौधरीले मानिसको विवरण पठाउन छुटेको बताए । कोरोना महामारीका कारण कैलाली कञ्चनपुरका भन्सार लक्ष्य अनुरुप राजस्व उठान नसक्ने अवस्थामा प्रहरीको सच्चा राष्ट्रप्रतिको सकृयताले भन्सार राजस्व बृद्धि हुने अपेक्षा गरिएको छ ।J
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी