२०८१ मंसिर ९, आईतबार
झलारी। नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन शुक्लाफाँटा नगर कार्य समितिको नेतृत्व चयन गरिएको छ। शुक्लाफाँटा नगर स्तरिय प्रथम अधिवेशनबाट कमलाकुमारी जोशीको अध्यक्षतामा कार्य समिति चयन गरिएको हो। नगर कार्य समितिको उपाध्यक्षमा सुरेश पन्त, सचिवमा पदम महरा, कोषाध्यक्षमा टिकाराम तिवारी चयन भएका छन्। सदस्यमा बिरेन्द्र विष्ट, कविता जोशी, पार्वती साउँद, सवारीलाल डगौरा, लक्ष्मण सेटी, निरज जोशी, डम्बरदत्त जोशी, करनसिंह ठगुन्ना र माधवी साउँद रहेका छन्। नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सल्लाहकार सदस्य रुद्रबहादुर ओलीको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा जिल्ला इन्चार्ज प्रताप चन्द, विशिष्ट अतिथिमा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, निजामती कर्मचारी संगठनका सुदूरपश्चिम महासचिव महादेव जोशी, जिल्ला अध्यक्ष मानबहादुर चन्द थिए। कार्यक्रम सञ्चालन कृष्णबहादुर कार्कीले गरेका थिए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी