२०८१ मंसिर ८, शनिबार
कंचनपुर जिल्लाको सदरमुकाम तथा देशकै मुख्य बजार व्यक्ती वा सामुदायिक प्रलोभनको कारण विग्रीदै गइरहेको छ । महेन्द्रनगर बजार नेपालकै नमुना बजारहरुमा पर्ने गर्दछ तर स्थानिय सरकारले यसलाई क्षणिक प्रलोभनमा स्वरुप बिगार्ने तर्फ धकेलिइरहेको देखिन्छ । बजारको मुख्य द्वारमा रहेको मदन चोक अगाडीका सटरहरुले बजार क्षेत्रको बाटोमा अवरोध भइरहदा नगरपालिका फेरि एकपटक मौन अवस्थामा बसेको देखिएको छ ।
महेन्द्रनगर बजारको मदन चोक अगाडि देखिने खानेपानी कार्यालय अगाडिका सटरहरु उठाउने भनेर नगरपालिकाले बारम्बार स्थानिय व्यापारीहरूलाई खबर गरे पनि नगरपालिकाले कुनै ठोस कार्वाही गर्न नसक्दा बाटोको अवस्था दयनिय बन्दै गएको देखिन्छ ।
नगरपालिका अन्त्रगत रहेको विभिन्न जग्गामा यस पुर्व समेत आफ्नो मनपरी हिसाबले नगरपालिका सङ्गको सेटिङ्गमा व्यापारीहरुले घर निर्माण गरेकोमा समेत स्थानिय सरकार चुप लाग्नुमा बजारको स्वरुप नै कुरुप हुँदै गएको देखिन्छ ।
देशका विभिन्न नगरपालिकामा सरकारी जग्गा अतिक्रमणमा स्थानिय नगरपालिकाले डोजर चलाइ रहेका समाचार आइरहदा भिमदत्त नगरपालिका भने मौन बसेको छ ।
पश्चिम आजबाट भिमदत्त नगरपालिकालाई महेन्द्रनगर बजारमा रहेका खानेपानी कार्यालय अगाडीका सटरहरु हटाउने बारे के प्रक्रिया भइरहेको छ भन्ने विषयमा भिमदत्त नगरपालिका पदाधिकारीहरुलाई सोध्दा , छलफल भइरहेको भन्ने बाहेक अन्य कुनै जवाफ आउदैन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी