२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरका चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन खोजेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन ।
आइतबार चार विद्यार्थी संगठनले सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन ।
नेवि कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेय पक्षधर नेवि संघ, नेकपा विप्लव, बहुमत निकट अखिल क्रान्तिकारी र राप्रंपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन समितिको कार्यकक्ष र रजिष्ट्रार यज्ञराज पाठकको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
नेवि संघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले स्थानीय विश्वविद्यालयबाटै विद्यार्थीको हक अधिकार बञ्चित हुने गरी निर्वाचन कार्यबिधी बनाईएकाले सच्याउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा तालाबन्दी गरिएको बताए । ‘सुप विश्वविद्यालयले कार्यविधी बनाउँदा विद्यार्थीको हितभन्दा पनि आफु अनुकुल बनाएको छ, ‘उनले भने, ‘त्यो सच्याउनुपर्ने हाम्रो माग हो, सबै विद्यार्थीलाई मताधिकारको अधिकार सुनिश्चित गराउनुप¥यो ।’ सुदूरपश्चिम विश्वविद्यायले भने निर्वाचन प्रकृया अघि बढिरहेको जनाएको छ । रजिष्ट्रार यज्ञराज पाठकले केही विद्यार्थी संगठनले निर्वाचन कार्यबिधीबारे असहमती जनाएको बताउँदै विद्यार्थी संगठनले अघि सारेका माग बारे छलफल गरिने बताए । ‘हामीले केन्द्रीय क्याम्पस सहित सबै आंगिक क्याम्पसमा निर्वाचन प्रकृया अघि बढाईसकेका छौँ, ‘रजिष्ट्रार पाठकले भने, ‘निर्वाचनमा विश्वविद्यालयका तर्फबाट सबै समन्वय सहकार्य जारी छ ।’ आगामी ८ चैत्र ०७९मा सुदूरपश्चिम विश्विद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचनको मिति तय गरेको छ । गत शुक्रबार नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियू, नेकपा बैद्य, विप्लव, बहुमत निकट क्रान्तिकारी, राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले संगठन दर्ता गराएका थिए । चुनावका लागि संगठन दर्ता भएको तेस्रो दिनमै केन्द्रीय क्याम्पस, कार्यालयमा तालाबन्दीले निर्वाचन प्रकृयामा प्रभाव पर्ने देखिन्छ । यस अघि पनि नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान, संस्कृतको आंगिक क्याम्पस शारदा विद्यापिठ सहितका त्रिविका बारिधी, कञ्चन, बालजागृती, भानु, दानेश्वर सहितका क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण उक्त क्याम्पसमा मनोनयन दर्ता हुन नसेन । डेढ दशकपछि स्ववियू निर्वाचन हुँदैछ । यहाँ विद्यार्थी संगठन र क्याम्पस प्रशासनविच चुनाव प्रकृयाबारे आरोप प्रत्यारोप चलिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी