२०८१ मंसिर ८, शनिबार
हुलाकी सडक बेलडाँडी–दैजी खण्ड निर्माणमा ठग्दै ठेकेदार
कञ्चनपुर:
कञ्चनपुरमा हुलाकी सडकको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी जनता मात्रै होईन सरकारलाई समेत ठगिरहेको छ । ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र पर्दै गएको छ । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा निर्माण भईसक्नुपर्ने हुलाकी राजमार्ग अझै पुरा भएको छैन ।
विभिन्न बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७२ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।
०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।
हुलाकी सडक अन्र्तरगत दैजी–बेलडाँडी खण्डमा ठेकेदारले चरम लार्पबाही गरेको छ । सडक निर्माणमा कहिले अधुरै छाड्ने, निर्माण भएको कालोपत्रे समेत भत्किन लागेको छ । सडक निर्माण नहुँदा हिउँदमा धुलाम्मे बर्षातमा हिलाम्मे हुँदा यात्रुको जनस्वास्थ्यमा ठुलो प्रभाव परेकोछ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा गरेका छैनन । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले ०७९ चैत्र पहिलो सातासम्ममा समेत काम गर्न सकेका छैनन । कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ ।
डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप सडक निर्माणको काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ ।
दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।
सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ । कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ । शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।
हुलाकी सडक निर्माणका चरम लार्पबाही हुन थालेपछि बेलडाँडीका स्थानीय समेत रहेका एमाले प्रचार प्रसार विभाग केन्द्रीय सदस्य रोशन खडका नेतृत्वको टोलीले शर्मा राजेन्द्र जेभीका संचालक भीम साउदलाई भेटेर शिघ्र कालोपत्रे गर्न दवाव दिएका थिए । एमाले प्रभार विभाग सदस्य खडकाको टोलीसंग ठेकेदार साउदले बर्षात सकिए लगत्तै काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्ट, पुर्वमन्त्री बिना मगर सहितका जनप्रतिनिधीले दवाव दिदा समेत सडक अधुरै छ । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन ।
हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन । उक्त सडक स्तरबृद्धि भएसंगै दक्षिणी क्षेत्रको सम्बृद्धि हुने अपेक्षा गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी