२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक सहभागी कार्यक्रमका तस्वीर सामाजिक सञ्जालमा देख्न पाइन्छ । कहिले घाँस काट्न जंगलतिर परेको देखिन्छ भने कहिले होटलका सुविधासम्पन्न सभाहलमा बैठक गरिरहेको देखिन्छ ।
मेयर, उपमेयरको औपचारिक सक्रियताबीच नगरपालिकाको मुटु भीमदत्त बजार क्षेत्रमै थुप्रै विकृति देखिने गरेका छन् । अर्बाैंको ऋण लगानीमा निर्माणाधीन शहरी विकास परियोजनाको सडक पूर्वाधार होस् वा नगरभित्रको आन्तरिक प्रशासन, जताततै बेथितिको चाङ देखिन्छ । जनस्तरमा छताछुल्ल भइसकेका यस्ता बेथितिको समाधानमा मेयर, उपमेयरले प्रभावकारी नतिजा देखाउन सकेका छैनन्, बरु कर्मकाण्डी अनुगमन, छलफल र अन्तक्र्रिया गरेको देखिन्छ ।
महेन्द्रनगर बजार क्षेत्रका स्थानीय भुवन धामी ले मेयर, उपमेयरले काम गरेर देखाउन नसकेको गुनासो गरे । ‘हाम्रा मेयर, उपमेयरको अनुगमनको नौटंकी खुबै देखिन्छ । तर ठेकेदारले मनपरी रूपमा गुणस्तरहीन काम गरिरहेको छ, नगरपालिकाले बेथिति रोक्न सकेको छैन । कतै मिलेमतो त छैन ?’ उनले प्रश्न गरे ।
हामीले सुदार गर्न भनेका छउ गुनासो आउँछ गुनासो सुन्नु पर्ने हाम्रो दाईतो हो । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताय ।
नगर क्षेत्रमा हुने विकासमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । तैपनि मेयर बोगटीले कुनै प्रभावकारी सक्रियता देखाउन सकेका छैनन् । मेयर बोगटी नेतृत्वमा आएपछि कुनै रचनात्मक योजना र कार्यक्रम पनि लागू गर्न सकेका छैनन् । पुरानै योजना र कार्यक्रम पनि बोगटीको नेतृत्वमा विवादित बनिरहेका छन् ।
नगरपालिकाको बेथितिबारे सञ्चारमाध्यमले प्रश्न गर्दा मेयर बोगटी जवाफ नदिई भाग्ने गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी