२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल निर्वाचित भएको छ ।
बेलौरी नगरपालिका ८ कलकत्तामा रहेको रामपुर बहुुमुखी क्याम्पसमा क्रान्तिकारीको प्यानल निर्वाचित भएको हो । आईतबार दिउँसो सम्पन्न मत गणना अनुरुप क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार सरस्वती तिरुवाको प्यानलै निर्वाचित भएको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले उक्त क्याम्पसमा क्रान्तिकारीको सिङ्गो प्यानलै निर्वाचित भएको बताए । क्रान्तिकारीकी उम्मेदवार तिवारुले अनेरास्ववियु र नेवि संघका उम्मेदवारलाई हराउँदै सभापपतिमा निर्वाचित भएका छिन ।
क्रान्तिकारीकी तिरुवाले १५, नेवि सघका धनीराम चौधरीले ५ अनेरास्ववियुका बिमला रेग्मीले ४ मत ल्याएका छन । सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन ।
रमिता चौधरीले १७, अनेरास्ववियुकी सोभा विष्टले ३, नेवि संघका सिता पुजाराले ३ र कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६, अनेरास्ववियुकी निसा विकले ३ र नेवि संघका लिला रानाले ५मत ल्याएकी छिन । ्
सदस्य तर्फ क्रान्तिकारीकै वविता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएकी छिन । निर्वाचित क्रान्तिकारी प्यानललाई अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्ट र संयोजक भुवन विष्ट सहितका नेताहरुले बधाई तथा शुभकामना दिएका छन । कञ्चनपुरका ६ क्याम्पसमा निर्वाचन मध्ये उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले पहिलो जित हासिल गरेको छ । अन्य क्याम्पसमा निर्वाचन जारी छ । रामपुर बहुुमुखी क्याम्पस प्रमुख एव निर्वाचन अधिकृत मदन बहादुर चन्दले निर्वाचित टिमलाई प्रमाण पत्र हस्तान्तरण गर्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी