२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर महेन्द्रनगर आएका छन । पुर्व उपप्रधानमन्त्री एव एमाले पुर्व उपाध्यक्ष रावल महेन्द्रनगर आएका हुन । शनिबार पारिवारिक आफन्तको घरमा यहाँ आएका रावलले आइतबार आफु निकट केही एमाले नेता कार्यकर्ता एव अन्य पार्टीका नेता कार्यकर्तासंग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन ।
महेन्द्रनगर स्थित होटल सिद्धार्थको हलमा आयोजित कार्यक्तममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज प्रकास बहादुर रावल, एमाले नेता नर बहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावल सहितका बाहुल्य एमाले नेता कार्यकर्ताको उपस्थितिमा अन्तरकृया भएको नेताहरुले बताएका छन ।
उक्त कार्यक्तम कुनै एमाले पार्टी वा अन्य पार्टीको आयोजनामा नभई नेता रावलले साथिभाईसंग समसामयिक राजनीतिक विषयमा छलफल गर्न खोजेको सहभागिहरुले बताएका छन । एक सहभागिले यो कुनै गुट, उपगुटको भेला नभई अहिलेका एमाले नेता कार्यकर्ता एव पुर्वका एमाले नेता कार्यकर्तासग समान्य भेटघाट मात्रै भएको बताए ।
कार्यक्रमको सम्बोधन गर्दै एमाले नेता रावलले संविधान प्रभावकारी कार्यान्वयन भएको बताएका छन । नेता रावलले संविधान पटक पटम मिचिने काम हुँदा अहिले कार्यान्वयनमा चुनौती रहेको र त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको बताए ।एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै रावलले संविधान पटक पटक मिच्दा मुलुकले यस्तो दुर्दशा खेप्नुपरेको धारणा राखेका छन ।
भीम रावल कञ्चनपुर आउँदा पार्टीलाई आधिकारिक जानकारी नभएको भन्दै एमाले नेता कार्यकर्ताले रावलका विषयमा टिकाटिप्पणी राखिरहेका छन । एमाले कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका अनेरास्ववियु अध्यक्ष कमल रोकायाले जिल्लामा आउँदा पाटीलाई जानकारी गराए आज होटलमा खिचडी बनाएर जस्तो हुन्थेन होला, तपाईको आवश्यकता पाटीलाई अहिलेपनि छ भन्दै टिप्पणी गरेका छन । कतिपयले एमालेमा जिम्मेबार बिहिन भएका रावलले जिल्ला जिल्लामा गुट विस्तारका लागि उक्त भेटघाट पाटी कार्यालयमा नभई होटलमा गरेको बताईरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी