२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
बर्षात आउँन ३ महिना मात्रै बाँकी छन । हरेक बर्षातका बेला चौधर नदीको कटानी पटानीबाट प्रतारित कञ्चनपुरको सार्कीपार्की टोलका स्थानीय अहिले पनि ढुक्क छैनन । बर्षात आउँन सय दिन हाराहारी बाँकी रहेपनि उनीहरु अहिले चैत्रदेखि नै चिन्तित हुन लागेका छन । गएको बर्षातका बेलामा समेत चौधर नदीले सार्कीपार्की टोलमा वितण्डा मच्चाएको थियो । चुरे भएर बग्ने चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलमा गएको बर्षातमा कटानी गरेपछि केहीको घरखेत बगाएको थियो ।
चौधर नदीको कटानीकै उच्च जोखिममा रहेको सार्कीपार्की टोलमा महाकाली सिँचाई तेस्रो चरणले जनताको समस्या देखेर तटबन्ध निर्माणको योजना संचालन गर्न खोज्यो, सरकारी कार्यालयबाट योजना त दियो, तर उक्त योजना बालुवामा पानी खन्याए जस्तै भईरहेको छ । आयोजनाले नागरिकको समस्या देखेरै झण्डै ३सय मिटर तटबन्ध निर्माणका लागि नहर निर्माण कम्पनी राजेन्द्र निर्माणलाई नै जिम्मा दिएपनि कार्यालयले दिएको जिम्मेबारी अनुरुप निर्माण कम्पनीले काम गरेको छैन । तटबन्ध निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले गुणस्तहिन तटबन्ध निर्माण गरिरहेको छ । तारजालीको आकास भन्दा झण्डै २÷३ गुना ठुला परिमाणका ढुङगा, त्यसमा पनि गुणस्तरिय राख्नुपर्ने भएपनि निर्माण कम्पनीले साना आकास र कमसल खालका ढुङगा प्रयोग गरिरहेको छ । तटबन्ध निर्माणको काम गुणस्तहिन गर्न थालेपछि स्थानीय नागरिक सहितको सरकारले बिरोध गरेका छन । बेदकोट नगरपालिका ४ बैतडा सार्कीपार्कीटोलका स्थानीय राजुराम सार्की(भुल)ले सरकारले ल्याएको योजनामा ठेकेदार कम्पनीबाट बदमासी भएको बताए । ‘सरकारले योजना ल्यायो, ‘उनले भने, ‘गुणस्तहिन बनाएर बजेट पचाउने काम हुँदैछ ।’ निर्माण कम्पनीले गुणस्तहिन काम गरेको पटक पटक सम्बन्धीत निकायमा जानकारी गराउँदा समेत सुधारमा प्रभावकारी पहल नभएको उनले बताए ।
ठेकेदार र निर्माण कम्पनीको मिलोमतोमा गुणस्तहिन काम गरेर बजेट बचाउने काम भएको भन्दै स्थानीयले गलत भए अख्तियार धाउने चेतावनी दिएका छन । स्थानीयले तटबन्ध निर्माणमा यस्तो बेतिथि हुँदा समेत सुशासनका क्षेत्रका कार्यरत सरकारी निकायको ध्यान नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
बेदकोट नगरपालिका ४का वडाध्यक्ष नरेन्द्र बहादुर बोहराले जारजालीको आकार भन्दा साना र गुणस्तहिन ढुङ्गा प्रयोग नगर्न पटक पटक आग्रह गर्दा समेत उस्तै काम गरिहेको बताए । ‘योजना संघीय सरकारको कार्यालयबाट कार्यान्वयन हुँदा स्थानीय सरकारलाई अनुगमन निर्देशनमा समेत समस्या भएको छ, ‘उनले भने, ‘पटक पटक मौखिक भन्दा पनि ठेकेदारले टेरेन, अब पत्र नै काटेर गुणस्तहिन काम रोक्न लगाउँछौँ ।’ वडाध्यक्ष बोहराका अनुसार बेदकोट नगरका मेयर भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित स्थानीय सरकारबाट स्थलगत अनुगमन गरेर तटबन्धको काम गुणस्तहिन भएको बारे निष्कर्ष निकालेको बताए । महाकाली सिँचाई तेस्रो चरणले गुणस्तहिन काम रोकिने जनाएको छ । महाकाली सिँचाई तेस्रो चरणका सुचना अधिकृत ईन्जिनियर उमेश गुप्ताले केही दिन अघि आयोजना कार्यालयबाट समेत अनुगमनका क्रममा सानो परिमाणमा ढुङ्गा हालेर निर्माण गरिएको तारजाली परिर्वतन गर्न लगाएको बताए । ‘यस अघिको अनुगमनमा हामीले पनि रोकेका थियौँ, ‘उनले भने, ‘फेरीपनि अनुगमन गछौँ, मापदण्ड विपरित काम भेटिए रोक्छौँ ।’ निर्माण कम्पनीले उक्त काम बाफत भुक्तानी समेत नलिएकाले काममा बदमासी गरेर भुक्तानी रोक्नेदेखि कार्बाही गर्ने आयोजनाको चेतावनी छ । राष्ट्रिय गौरबकै आयोजना कार्यालयबाट हुने कामकाजको गुणस्तहिन हुन थालेपछि स्थानीयले आयोजनाप्रति समेत अनेकन आशंका गरिरहेका छन । स्थानीयले बजेट अनुरुप गुणस्तरिय काम नगरे आन्दोलनको चेतावनी दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी