२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुर्व माओवादी नेता लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन । आइतबार सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरिया स्थ्ति लेखराज भट्टको घरमा पुगेका हुन ।
धनगढी एयरपोटबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पुर्वमन्त्री समेत रहेका लेखराज भट्ट, उनका भाई गोकर्ण भट्ट, धर्मपन्ती सहितले स्वागत गरेका थिए । विगतका बर्षहरु झै यस पटक प्रचण्ड र लेखराज विच भएको भेटघाटले राजनीतिक वृतमा अर्थ राखेको छ । शुरुवातमा आँगनमा स्वागत पछि प्रचण्ड र लेखराजविच वान टु वान वार्ता भएको छ । वार्ता के विषयमा भएको बारे आधिकारिक बाहिर आएको छैन ।
जनयुद्धकालमा सुदूरपश्चिमकै कमाण्डर भएर काम गरेका लेखराज नेकपा एमाले र माओवादी एकीकरण हुँदा ओलीतिरै लागेका थिए । त्यसयता प्रधानमन्त्री एव माओवादी अध्यक्ष प्रचण्ड र लेखराज विच भेट भएको थिए । एमाले केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता लेखराज भट्टले पुर्ववत सहकर्मी प्रचण्डलाई आफ्नै निवासमा स्वागत गरेको यो राजनीतिक परिघटनाले महत्व राखेको एमाले–माओवादी नेताहरुले बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी