२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
गत फागुन अन्तिम साता कैलालीको पहलवानपुरमा धन बहादुर रोकायामाथि आक्र्रमण गर्ने समुहलाई कार्बाहीको माग अघि सारिएको छ ।
२४ फागुन राती ८÷९बजेतिर घोडाघोडी नगरपालिका १०पहलवानपुरमा रोकायामाथि आक्र्रमण गर्ने समुहलाई कार्बाही गर्न माग अघि सारेको हो ।
पीडित रोकाया परिवारले ज्यानै लिने गरी चिपर्टले आक्र्रमण गर्ने अभिषेक चौधरी, राज कुमार चौधरी सहितको समुहलाई कार्बाहीको माग अघि सारेको छ । घाईते धन बहादुर रोकायाका भाई दिपेन्द्र रोकायाले घरजाने क्रममा चोरमारशैलीमा चिर्पट प्रहार गरी दाजुमाथि आक्र्रमण भएको बताए । ‘दाजु पैदल घर गईरहेका बेला राज कुमार चौधरी र अभिषेक चौधरी समुहले एक्कासी भौतिक आक्र्रमण गरेका हुन, ‘उनले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुनुपर्छ ।’ निसर्ग अस्पतालमा ८लाख भन्दा बढि खर्च भईसक्दा पनि रोकायाको स्वास्थ्यमा सुधार आएको छैन । रोकाया परिवारले पीडितलाई न्याय, क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी इन्चार्ज देव बहादुर भण्डारीले घटनामा संग्लनको छानबिन गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाईल पेश गरेको बताए । घाईते रोकाया परिवारले दिएको जाहेका आधारमा प्रहरीले घटनामा संलग्लाई पक्राउ गरेर ज्यान उद्योगमा मुद्दा चलाउन सरकारी वकील कार्यालयमा अभियोजन दर्ता गराएको थियो । उक्त घटनामा संलग्न एक जेल चलान भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी