२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारी तथा सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार रोकथामका लागि कार्यरत एक सम्वैधानिक निकाय हो । तर, अख्तियार आफै आफुले पाएको अधिकार दुरुपयोग गर्दै सरकारी सवारी साधन कुखुरा ओसार्न दुरुपयोग गरिरहेको पाईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयका सवारी साधन भ्रष्टाचार रोकथाम, प्रर्बद्धन भन्दा मस्ती खानपिनका लागि गाँउगाँउबाट लोकल खुकुरा खोसार्न व्यस्थ रहेको छ । अख्तियारका उपल्ला हाकिमले तल्ला स्तरका कर्मचारीलाई लोकल कुखुरा ओर्सानका लागि खटाईरहेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर कुरुवाङगाले कार्यालयका सहयोगी सुरेश सिह रानालाई सरकारी सवारी साधन दिएर लोकल कुखुरा ल्याउन दिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी नारायण ढकालले कार्यालय प्रमुखका भान्सेले तरकारी ल्याएको बताए । कार्यालय प्रमुखका लागि भान्सामा चाहिने समाग्री ल्याएको बताउँदै उनले यसलाई अन्यथा बुझ्न नहुने बताए । सरकारी सवारी साधन यसरी निजी कामदेखि कुखुरा ओसार्न पाईन्छ ?भन्ने प्रशनमा सुचना अधिकारी ढकालले यसलाई अन्यथा बुझ्न नहुने बताए ।
सरकारी सवारी साधनमा दिनदाहदै लोकल कुखुरा ओसार्न थालेपछि अन्य सरकारी कार्यालयका कर्मचारी र सर्वधारणले टिकाटिप्पणी गरिहेका छन । अख्तियार आफै यसरी सरकारी साधन दोहनमा उद्यत भएपछि अर्का सरकारी कार्यालयले गर्ने दुरुपयोग रोक्न सल्ला भन्ने जिज्ञासा जगाएको छ । अख्तियारका सवारी साधन यसरी गाँउ गाँउबाट दुरुपयोग भईरहेका बेला नेकपा माओवादी केन्द्र निकट वाईसियलले नियन्त्रणमा लिएको छ । वाईसियल कञ्चनपुरका संयोजक तिलक जप्रेलले झलारी क्षेत्रबाट सरकारी सवारी साधन लोकल कुखुरा बोकेर महेन्द्रनगर आउँदा रोकेर दैजी प्रहरीको जिम्मा लगाएको बताए । भ्रष्टाचार नियन्त्रणका लागि प्रयोग हुने अख्तियारका सवारी साधन यसरी हाकिम कर्मचारीको मस्तीका लागि गाँउ गाँउबाट कुखुरा ओसार्न ठिक्क भएपछि नैतिक प्रशन समेत खडा गरेको छ । कोरोना महामारीपछि अर्थतन्त्र धरासायी भईरहेका बेला सरकारले सार्वजनिक खर्चमा मितव्ययी गरेपनि कञ्चनपुरको अख्तियार सरकारी सवारी साधन दुरुपयोगदेखि ईन्धन दोहन केन्द्रीत भएपछि सरकारी कार्यालयमा बेथिति बढ्ने देखिएको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी