२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले दुई दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले महेन्द्रनगरको ब्रिक्सटन कलेजका विद्यार्थीलाई गत शुक्रबार र मंगलबार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो । बैंकका महेन्द्रनगर शाखा प्रवन्धक किशोर रिजालले दुई दिने वित्तिय साक्षरता कार्यक्रममा ६ सय बढी विद्यार्थीलाई अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरेको हो । उनका अनुसार वित्तिय सारक्षता कार्यक्रम अन्तरगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिईएको छ ।
कार्यक्रमको पहिलो दिन बैशाख ८ गते बैंकका प्रादेशीक कार्यालय प्रमुख सन्तोस कुमार भण्डारी, शाखा प्रवन्धक किशोर रिजाल र कर्जा सहायक सुरज भट्टले वित्तिय साक्षरताबारे प्रस्तुति गरेका थिए । त्यस्तै दोस्रो दिन बैशाख १२ गते शाखा प्रवन्धक रिजाल र कर्जा अधिकृत लक्ष्मी प्रशाद जोशी र कर्जा सहायक सुरज भट्टले कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई अभिमुखिकरण गराएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी