२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । दुबैजना शेरबहादुर देउवाका विश्वास पात्र हुन् । तर, जब कञ्चनपुरको कुरा आउँछ परराष्ट्र मन्त्री एनपी सावद र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भिडन्तमा उत्रिन्छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका लागि बराबरका विश्वासपात्र भए पनि सावद र लेखकको प्रतिस्पर्धा भने कञ्चनपुरमा गन्हाउने स्तरमा झरेको छ ।
सावद परराष्ट्र मन्त्रीको हैसियत र लेखक प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकको पदमा छन् । उनीहरु दुबै अहिले कञ्चनपुरमैं छन् ।
सावदले कञ्चनपुरको यात्रा सुरु गरेपछि लेखक हुत्तिएर महेन्द्रनगर पुगेका छन् ।
शनिबार मन्त्री सावद महेन्द्रनगर पुगेपछि लेखक आइतबार महेन्द्रनगर आए ।
दुबैजनाले आफ्नो हैसियतभन्दा बाहिरको कुरा गरेर जनता ठग्दैछन् ।
कांग्रेसका प्रमुख सचेतक लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्रयाक खुलिसक्ने बताएका छन् । उनलाई यस्तो ग्यारेन्टी गर्न सक्ने हैसियत प्राप्त छैन । २५ वर्षभन्दा धेरै समय कञ्चनपुरको प्रतिनिधित्व गरेका लेखकले महाकाली करिडोरलाई कहिल्यै आफ्नो एजेण्डा बनाएका छैनन् ।
र, दुई दशकभन्दा बढी कञ्चनपुरको नेता मानिएका एनपी सावदले यस जिल्लामा देखिने गरी काम गरेको कुनै उदाहरण छैन ।
महाकाली करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए । लेखकले आफ्नो हैसियत भन्दा बाहिरको अनुगमन र कुरा गरेका हुन् ।
वास्तवमा लेखक परराष्ट्रमन्त्री एनपी सावद कञ्चनपुर आएपछि हतारिएर यहाँ आएका हुन् ।
अर्कोतर्फ, परराष्ट्र मन्त्री बनेर पारिवारिक भेटघाटमा आएका एनपी सावदले पनि हैसियत र वास्तविकताभन्दा बाहिरको कुरा गेर जनतालाई ठग्न खोजेका छन् ।
मन्त्री सावदले मानसखण्ड सर्किटको कुरा उठाएका छन् । उनले ‘अब म मानसखण्ड सर्किटको कुरा उठाउँछुँ’ भन्दै भाषण पनि गरेका छन् ।
मन्त्री सावद र प्रमुख सचेतक लेखकले कञ्चनपुरवासीलाई उल्लयाइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
साभार:मानसखण्ड
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी