२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
मंगलबारदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सहित देशैभरी एक साथ कक्षा १२ को परीक्षा शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख उत्तरदेव विष्टले सुप प्रदेशभरी ४६ हजार, ६सय १६ विद्यार्थी परीक्षामा सहभागि भएको बताए । ‘सामुदायिक तथा निजी विद्यालय गरी ५सय १९ विद्यालयका विद्यार्थी सहभागि भएका छन, ‘उनले भने, ‘प्रदेशभरी १सय ५१ परीक्षा केन्द्र तोकिएका छन ।’ राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख उत्तरदेव विष्टले मार्यादित, अनुशासित पुर्वक परीक्षामा सहभागि भएका विद्यार्थीलाई आग्रह गरेका छन । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका शाखा अधिकृत राजेन्द्र प्रशाद भट्टले कञ्चनपुरमा ९ हजार ४४६विद्यार्थी सहभागि भएको बताए । उनका अनुसार २४सेन्टरमा परीक्षा भईरहेको छ ।
यस पटक ननग्रेट जति विषयमा आएपनि पुन ग्रेटबृद्धिको परीक्षा हुने बताए । बिहान ८बजेदेखि परीक्षा संचालन भएको छ । आगामी ५जेठसम्म परीक्षा संचालन हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी