२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
भीमदत्त नगरपालिकाकै संरक्षणमा महेन्द्रनगरका व्यवसायीले यात्रु हिड्ने फुटपात कब्जा गरिरहेका छन ।
बजार अनुगमन समिति संयोजक समेत रहेकी भीमदत्त नगरका उपमेयर निलम लेखककै संरक्षणमा महेन्द्रनगर बजारमा व्यवसायीले फुटपात कब्जा गरिरहेका हुन ।
फुटपातममा समान राखे जरिवाना गर्नुपर्ने प्रावधान भएपनि पटक पटक उपप्रमुख लेखक जोशीले बजार अनुगमन गरेपछि फुटपात कब्जा गरेको स्थान देखे नदेखेजस्तो गरिरहेको स्थानीय व्यवसायीको गुनासो छ ।
स्थानीय व्यवसायीले अधिकाँस काँग्रेस निकट व्यवसायी भएकाले पाटीभित्र विवाद आउने भएपछि उपप्रमुखले फुटपात कब्जा गर्न दिएको आरोप छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले नगर प्रहरी मार्फत हटाउने काम अघि बढेको बताए । फुटपात हटाउनका लागि नगरपालिकाले निर्णय समेत गरेको अवस्थामा हटाउनका लागि प्रहरी परिचालन गरिएको बताए । नहटाए कार्बाही गर्ने उनले चेतावनी दिए, व्यक्ति विशेषको संरक्षण भन्दा पनि व्यवसायी आफैले फुटपात कब्जा गरेको भए हटाउने दावि गरेका छन । तर, बजारमा आउने सर्वसाधारणले नगरपालिकाको लार्पबाहीले जोखिम बढेको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी