२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत कञ्चनपुरको सिसैया क्षेत्रमा सडक डिभिजन कार्यालय महेन्द्रनगरको लार्पबाहीले सवारी दुर्घटना निम्तिएको छ ।
चिसापानी गड्डाचौकी सडक विस्तार अन्र्तरगत सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीलाई बेदकोट नगरपालिका ६ सिसैयामा कल्र्भट निर्माणको जिम्मा दिएको थियो । निर्माण कम्पनी र कार्यायको लार्पबाहीले माटो भरान नगर्दा दैनिक सवारी साधन दुर्घटना भईरहेका छन ।
स्थानीयले समेत विस्तार गरिएको कल्र्भट अन्र्तरगत माटो भरानका लागि कार्यालयसंग पटक पटम माग गर्दा समेत कार्यालयले खासै ध्यान दिएको छैन ।
स्थानीय युवा प्रविन बोगटीले सडक कार्यालयको लार्पबाहीले निर्माण कम्पनीले समेत काम अधुरै छाडेपछि दैनिक सवारी दुर्घटना भईरहेको बताए । ‘कल्र्भट निर्माण भएको एक बर्ष वितिसक्दा पनि सडढक कार्यालयले माटो भरान र छेउछाउ मर्मत गरेको छैन, ‘उनले भने, ‘तसर्थ दैनिक सवारी दुर्घटना भईरहेका छन ।’ माटो भरानका लागि पटक पटक सडक डिभिजनका कर्मचारीसंग आग्रह गर्दा समेत हालिदिने भन्ने तर अहिलेसम्म नहालेपछि स्थानीय यात्रु मारमा परेका छन । ‘मानिसको ज्यानै लिने गरी निर्माण कार्य अधुरै छाडेपछि स्थानीय समेत त्रसित भएका छन, ‘उनले भने, ‘समयमै कल्र्भट मर्मत नहुँदा यात्रुले जान जोखिममा पार्नु परेको छ ।’
सडक डिभिजन कार्यालय कञ्चनपुरमा ईन्जिनियर पियूष चटौतले निर्माण कम्पनीसंग वा कार्यालयबाट उक्त कल्र्भटमा माटो भरान गरिने बताए । यात्रुले समेत सडक अनुरुप कल्र्भट मर्मत गर्नुपर्ने बताउँदै आएका छन । भुक्किएर समेट दैनिक साना दुर्घटना हुँदा कसैले वास्ता नराखेको र ज्यानै जाने दुर्घटना भए सडक कार्यालय बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी