२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुर प्रहरी दादागिरीमा उत्रिएको छ । निकटवर्ती भारतीय शहर वनवसाबाट सामान ओसारपोसार गर्नेबाट घुस लिइरहेको घटना बाहिरिने भएपछि प्रहरी पत्रकारविरुद्ध नै उत्रिएको छ ।
मंगलवार भीमदत्त नगरपालिकाको सुकासालमा प्रहरी र मजदुरबीच विवाद भइरहेका बेला सार्वजनिक भिडियो बनाइरहेका सीमारेखा डटकमका पत्रकार राजेन्द्र नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सामान ओसार्नेलाई धक्म्याउँदै घुस मागिरहेको बेला पत्रकार नाथले भिडियो खिचेका थिए । प्रहरीको घुसकाण्ड बाहिरिने भएपछि डराएर पत्रकार नाथलाई प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालयमा डीएसपीले देखेपछि पत्रकार नाथले फेरि सुकासाल नै पुर्याएर छाडिएको थियो ।
पत्रकार नाथलाई छाडेपछि घटनास्थलमा पुगेकी पत्रकार ऐश्वर्या कुँवरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी कञ्चनपुरको प्रहरी नेतृत्व पत्रकारविरुद्ध दादागिरीमा उत्रिएको छ भने व्यवसायी र मजदुरलाई धक्म्याएर घुस लिइरहेको गुनासो छ । घुस नदिनेलाई प्रहरीले पदीय दुरुपयोग गर्दै नियन्त्रणमा लिने र सामान बरामद गर्ने गरेको व्यवसायीले गुनासो गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी