२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुर प्रहरीले तस्करी नियन्त्रणका नाममा सर्वसाधारण जनतालाई मात्रै होईन अहोरात्र जनताको हक अधिकारका लागि खटिने पत्रकारलाई समेत समात्दै थुन्दै गरेको छ । अघिपछि प्रहरीका पक्षमा समाचार नलेखेको र प्रहरी बिरुद्धमा समाचार लेखेको प्रतिशोध साँध्ने गरी यस पटक कञ्चनपुर प्रहरीले दुई पत्रकारमाथि ज्यादती गरेको छ ।
मंगलबार साँझ सुकासाल क्षेत्रमा प्रहरी र क्यारिङ्गकर्ता समुहविच भईरहेको लफडामा समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुवरलाई जंगीशैलीमा पक्राउ गरेर जिल्ला पु¥याएको घटनाले कञ्चनपुर प्रहरी पत्रकारको सुरक्षा भन्दा धम्काउने धरकपट गर्न उद्यत भएको देखिन्छ ।
नेपाल पत्रकार महासंघ बैतडी शाखाका पुर्व अध्यक्ष समेत भईसकेका पत्रकार नाथले घटना स्थलको फोटो खिच्ने क्रममा प्रहरीले पत्रकार हुँ भन्दाभन्दै मोवाईल थुतेर सिधै प्रहरी भ्यानमा राखेर जिप्रका पु¥याएका थिए । विगतमा कान्तिपुर दैनिकको डेस्कमै काम गरेका हाल सीमारेखाडटकमका पत्रकार नाथमाथि प्रहरी निरीक्षक सिताराम विष्टले पत्रकार हुँ भन्दाभन्दै फोटो किन खिचेको, कसको अनुमती भन्दै जंगीशैलीमा पक्राउ गरेको पत्रकार नाथले बताए । ‘म दोधाराचाँदनीबाट रिर्पोटिङ्ग गरेर महेन्द्रनगर अफिस फर्किदै थिए, सुकासालमा कुनै भिडभाँड थियो, ‘उनले भने, ‘के रहेछ, भनेर स्कुल बार्किङ्ग गरेर घटनाको फोटो खिच्दा प्रहरी निरीक्षक सिताराम विष्टले शुरुमै मोबाईल खोसेर पत्रकार हुँ भन्दाभन्दै नभए तपाईको माथिल्लो अफिस वा पत्रकार महासंघका पदाधिकारीलाई सोध्नुहोस भनेर अनुनय विनय गर्दा समेत कुरा सुन्दै नसुनेर पक्राउ गरेर जिप्रका ल्यायो ।’ जबकी संकटकालमा समेत प्रहरीले पत्रकार नाथसंग यस्तो दुव्र्यवहार ज्यादती गरेको थिएन । पत्रकार नाथको स्कुटी घटना स्थलमै थियो । जबरजस्ती गुण्डाशैलीमा पत्रकार हुँ भनिरहेका नाथलाई गाडीमा अपमानशैलीमा हुलेर प्रहरी कार्यालय पु¥याएपछि प्रहरी प्रवक्ता प्रकास डाँगीले किन ? पत्रकारलाई ल्याउनुभयो भन्दै घटना स्थलमै पु¥याएका थिए । पत्रकार नाथसंगै प्रहरी निरीक्षक विष्ट र जिल्ला प्रहरी नेतृत्वले माफि समेत मागेका थिए । पत्रकार नाथ लगत्तै घटना स्थल पुगेकी अर्की महिला पत्रकारमाथि पनि प्रहरीले ज्यादती गरेको छ । आभासकुण्ज दैनिकी पत्रकार ऐश्वर्या कुँवर पनि घटनाको फोटो र भिडियो बनाईरहेका बेला उनीमाथि प्रहरीले धरकपट गरेको छ ।
काम सकेर घर फर्किने क्रममा पत्रकार कुँवरले सुकासाल क्षेत्रमा प्रहरी र क्यारिङ्गकर्ताविच लफडा भईरहेको घटना बारे रिर्पोटिङ्गकै सिलसिलामा घाईते प्रहरीको नाम सोध्ने क्रममा प्रहरीले यो पनि बढि बोलिरहेकी छे भन्दै जंगीशैलीमा पक्राउ गरेर जिप्रका ल्यायो । जिप्रका पु¥याएर मेडिकल गराएर हिरासतमा पु¥याईयो । केही बेरमा पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी नेतृत्वको टोलीले पत्रकार कुँवरलाई जिम्मा लिएर आएका थिए । घटना सोही पत्रकार राजेन्द्र नाथले पत्रकार हुँ भन्दाभन्दै काड नभएको निहुँ बनाएर प्रहरीले पक्राउ गरेर ल्यायो, तर ति महिला पत्रकारसंग कार्ड हुँदाहुँदै पक्राउ गरेर ल्याएको घटनाले प्रहरीको तर्फ आफै विवादित बनेको छ । घटनाको पत्रकार संघ संगठनले भत्र्सना जाहेर गर्दै पत्रकारद्वय नाथ र कुँवरमाथि अपमानशैलीमा पक्राउ गर्ने मनोबल गिराउने कार्यमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापा, प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र बिनु शाहीलाई कार्बाहीको माग अघि सारेका छन । नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र प्रेस यूनियनले घटनाको घोर भत्र्सना जाहेर गर्दै दोषि प्रहरीमाथि कार्बाहीको माग अघि सारेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले तस्कर समुहसंग झडप हुँदा पत्रकार राजेन्द्र नाथमाथि प्रहरीबाट त्रृटी भएर सोही दिन माफि मागिसकेको बताए । तर, महिला पत्रकारको व्यवहारले पक्राउ गरिएको बताए । ‘हाम्रो कुनैपनि पत्रकारलाई पक्राउ गर्नु साँगठानिक म्याण्डेड होईन, ‘उनले भने, ‘हुलहालमा केही प्राविधिक समस्या आए ।’ कञ्चनपुर प्रहरीले यस अघि विकल्प दैनिकका पत्रकार रवि विवसलाई समेत गल्ली ४मा अलकत्रा आगजनी भएको स्थलमा रिर्पोटिङ्गमा गएका बेला बढि बोलिरहेको भन्दै पक्राउ ग¥यो, त्यसपछि माउण्टेन टिभीका पुर्व पत्रकार पुष्कर भट्टलाई समेत पक्राउ गरेको घटनापछि पत्रकारद्वय नाथ र कुँवरलाई धरकपट गर्ने गरी पक्राउ गरेको घटनाले प्रहरीका गतिबिधी नै शंकास्पद भईरहेको आलोचना भईरहेको छ । सार्वजनिक विषयबस्तुमा पत्रकार होईन नागरिक समेत फोटो लिनेदेखि भिडियो बनाउन पाउँछन, तर पत्रकार नै कुनै घटनाको फोटो र भिडियो लिने क्रममा यसरी प्रहरीबाट उसको पेशामा अवरोधदेखि दादागिरीशैलीमा पक्राउ गर्ने कार्यबाट प्रहरी आफै अपरादर्शी काममा संलग्न भएको पुष्टी हुन्छ । अहिले तस्करी नियन्त्रणका नाममा मालिकको समान ओसार्ने महिला रोकेर विवाद भएका बेला पत्रकार पुग्दा तिनै पत्रकारलाई पक्राउ गरेर जिप्रका पु¥याउने कार्य कतै बार्किनिङ्ग त थिएन, भन्ने थप स्थानीय नागरिकको समेत आशंका गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी