२०८१ मंसिर ८, शनिबार
पत्रकार नाथ र कुँवर पक्राउ प्रकरण : प्रशासनमा डेलिगेशन
कञ्चनपुर:
कञ्चनपुुर प्रहरीले पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुवरलाई समाचार संकलनका क्रममा अवरोध पु¥याई धरकपट गर्दै पक्राउ गरेपछि पत्रकार महासंघको टोलीले सुरक्षाका लागि प्रशासनलाई डेलिगेशन दिएकोछ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर र सुदूरपश्चिम प्रदेशको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा डेलिगेशन दिएको छ ।
पत्रकारले समाचार संकलनका बेला पत्रकारद्वय नाथ र कुँवरलाई अवरोध उत्पन्न गरेर प्रहरीले संविधानकै उलङघन गरेर भिडियो र फोटो खिच्नबाट अवरोध गर्दै पक्राउ गर्ने, आदेश दिने कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा, प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र बिनु शाहीलाई कार्बाही नगरि आन्दोलनको चेतावनी दिएका छन । प्रहरी जिम्मेबार अधिकृतबाट भएको यो घृणित, सर्किङ्गतापुर्व कामले प्रहरी मुल कर्तव्यबाट बिमुख भएको छ । पत्रकारको मोवाईल थुतेर धरकपट गर्दै हतकडी लगाएर बिना कारण प्रहरी हिरासतमा पु¥याउने कार्य निदनिय अपमानजनक र लोकतन्त्र, संविधान बिरुद्धको कदम भएकाले यथाशिघ्र संलग्न प्रहरी अधिकृतलाई कार्बाहीको माग गरेका छन । पत्रकार पक्राउ गर्न आदेश दिने, पक्राउ गर्ने र समाचार संकलनमा अवरोध गर्ने प्रहरीलाई कार्बाही नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएका छन । कार्बाहीको नाममा आफु जोगिएर तल्ला दर्जाका प्रहरीमाथि कार्बाही भएपनि त्यो पनि सैर्य नहुने भन्दै आदेश दिने र पक्राउ गरेर ल्याउने अधिकृतलाई मात्रै कार्बाही गर्नुपर्ने तर्फ समेत सिडियोको ध्यानाकर्षण गराएका छन ।
पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले सार्वजनिक चासोको विषय र घटनाको समाचार संकलन गरिरहेका पत्रकार नाथ र कुँवरलाई फोटो भिडियो खिच्न कसले अनुमती दियो भन्दै मोवाईल नियन्त्रणमा लिने ? जस्ता निदनिय कार्य गर्ने प्रहरीमाथि विभागिय कार्बाही गर्नुपर्ने बताए । पत्रकार खेम भण्डारीले घटना स्थलमा रिर्पोटिङ्गमै रहेका पत्रकारद्वय कुँवर र नाथलाई पक्राउ गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै प्रहरीले पत्रकार पक्राउ गर्ने कार्य निन्दनिय भएको बताए । बरिष्ठ पत्रकार चित्राङ्ग थापाले घटनाको रिर्पोटिङ्ग गरिरहेका पत्रकारलाई परिचय दिदादिदै पक्राउ गरेर हतकडी लगाउने कार्य निन्दनिय भएकाले आदेश दिने र पक्राउ गरेर ल्याउने प्रहरी अधिकृतमाथि कार्बाहीको माग अघि सारे । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णू दत्त अवस्थीले समाचार संकलन गर्ने पत्रकारमाथि प्रहरी जाईलाग्ने कार्य निन्दनिय भएको बताए । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले समाचार संकलनका क्रममा पत्रकारमाथि भएका घटनामा संलग्न सबैलाई कार्बाहीको माग गरे । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले पत्रकारमाथि भिडियो र फोटो खिच्न अवरोध गर्ने कार्य गलत भएकाले अवउपरान्त यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका छन । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले समाचार संकलन गर्न फिल्डमा खटिएका पत्रकारद्वय रावल र कुँवरमाथि ज्यादती गर्ने प्रहरी अधिकृतलाई कार्बाही नगरे गृहमन्त्रालय केन्द्रीत आन्दोलनको चेतावनी दिए । कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले नियतबस घटना नभएको भन्दै दुखित भएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले तीन दिनभित्रै पत्रकारमाथि भएको घटनाको छानबिन गरेर दोषिलाई कार्बाही गर्ने समय मागेका छन । प्रजिअ अर्यालले तीन दिनमा पत्रकारमाथि अवरोधदेखि पक्राउ गर्ने संलग्न प्रहरीलाई कार्बाही गर्ने उतिबेलासम्म आन्दोलन नगरिदिन आग्रह गरेका छन । समाचार संकलनमा गएका पत्रकारमाथि प्रहरीले ज्यादती गरेको भन्दै पत्रकार महासंघले कञ्चनपुर प्रमुख कमल थापा, प्रहरी निरीक्षकद्वय सिताराम विष्ट, बिनु शाहीमाथि कार्बाहीको माग अघि सार्दै यस अघि नै निर्णय गरेका थिए । पाँच दिन भित्र कञ्चनपुर प्रमुख प्रमुख थापा, प्रहरी निरीक्षकद्वय विष्ट र शाहीलाई कार्बाही नगरे एसपी थापा सहभागि हुने कार्यक्तम बहिस्कार गर्ने निर्णय गरेको छ । सार्वजनिक स्थलमा हुने घटनाको पत्रकार वा जो सुकै सर्वसाधारणले फोटो भिडियो खिच्न पाउने भएपनि पत्रकारमाथि फोटो खिच्दा प्रहरीबाट भएको धरकपट निकृष्ठ कामको जिल्लादेखि केन्द्रसम्मका पत्रकार महासंघ सहितका संघ संगठनले भत्र्सना जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी