२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरका क्रियाशिल विद्यार्थी संघ संगठनले चालु शैक्षिक सत्र २०८०मा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले बेथिति मात्रै होईन सामुदायिक विद्यालयले दिवा खाजामा समेत अनियमितता गरिरहेको आरोप लगाएका छन ।
सरकारले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरबृद्धिका लागि शिशुदेखि कक्षा ६सम्मका विद्यार्थीलाई दिवा खाजा वितरण गर्दै आएको छ । दिवाखाजा कञ्चनपुरमा प्रअदेखिका लेखा, दिवा खाजा संयोजक एव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ुसहितको संलग्नतामा नखुवाउने, खुवाएपनि गुणस्तहिन, अनियमित र दिवा खाजाका लागि आउने रकम दुरुपयोग भईरहेको भन्दै यसतर्फ छानबिनका लागि अख्तियार सहितका सरोकारवाला निकायले अनुगमन गर्नुपर्ने माग अघि सारेका छन ।
चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले सोमबार महेन्द्रनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले बेथितिसंगै दिवा खाजामा समेत प्रद्यानाध्यापकले नजर लगाएर बेथिति मच्चाईरहेदा समेत सरोकारवाला पक्ष टुलुटुलु हेरिरहेको बताएका छन ।
चालु शैक्षिक सत्र शुरुवातकै पुर्व सन्ध्यामा सामुदायिक तथा निजी विद्यालयसंग विद्यार्थी संगठनले भर्ना शुल्कदेखि पाठ्यपुस्तकमा बेथिति नमच्चाउन आग्रह गरेपनि वेवास्ता गर्दै मनपरी ढङगबाट भर्ना शुल्क, चर्को भर्ना शुल्क अशुलिरहेको र किताबमा कमिसनदेखि दिवाखाजामा समेत अनियमितता गरिरहेको आरोप लगाएका छन ।
विद्यार्थी संगठनले अनाधिकृत रुपमा चर्को शुल्क अशुली रोक्न, पाठ्यपुस्तक परिर्वतन रोक्न, दिवाखाजामा भईरहेको अनियमितता भएके भन्दै गरेको आन्दोलन प्रशासनसंग वार्ता भएपछि स्थगित गरेका छन । शैक्षिक बेथिति बिरुद्धमा आन्दोलनमा होमिएका कञ्चनपुरका चार विद्यार्थी संगठन र प्रशासनविच वार्ता भएको छ । शैक्षिक बेथिति बिरुद्धमा आन्दोलनरत नेवि संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र क्रान्तिकारी विद्यार्थी संगठनसंग प्रशासनको वार्ता भएको हो । अनेरास्ववियूका जिल्ला संयोजक प्रज्वल कुँवरले विद्यार्थी संगठनका माग पुरा गर्नका लागि प्रशासन तयार भएपछि वार्ता सफल भएको बताए ।
उनका अनुसार सामुुदायिक तथा निजी विद्यालयको शुल्क अशुली, दिवाखाजामा भएको अनियमितता र यातायातमा विद्यार्थी सहुलियत गर्ने सहमती भएको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालकै कार्यकक्षमा भएको वार्तामा विद्यार्थी संगठनले अघि सारेका मागप्रति सम्बन्धीत शिक्षा शाखाबाट अनुगमन गराएर अघि बढ्ने सहमती भएको छ । अखिल क्रान्त्किारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले प्रशासनले सम्बन्धीत शिक्षा शाखा एव निकायबाट अनुगमनदेखि कार्यान्वयन गर्ने सहमती जनाएपछि घोषित आन्दोलन फिर्ता भएको बताए । विद्यार्थी संगठनले १जेठदेखि शैक्षिक बेथिति बिरुद्धमा आन्दोलनमा होमिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी