२०८१ मंसिर ८, शनिबार
कंचनपुर:
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरका अध्यक्ष कमल रोकाया अनेरास्ववियुकै प्रदेश कमिटी सहसंयोजकमा मनोनित भएका छन् ।
अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले रोकायालाई प्रदेश सहसंयोजकको जिम्मेवारी दिएको हो ।
सामाजिक सञ्जालमा लेख्दै रोकायाले निर्बाध र निर्भिक भएर जिम्मेवारी बहन गर्ने जनाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अनेरास्ववियु मेरो राजनीतिक जीवन र सामाजिक जीवनका लागि एउटा पाठशाला बन्यो, जहाँ मैले धेरै कुरा सिक्ने र सिकाउने अवसर पाएँ । संगठनले मलाई जिम्मेवारी दिँदा होस् वा नदिदा पनि मेरो संगठनप्रति कुनै गुनासो रहँदैन तर गुनासो रहन्छ त केवल संगठनलाई गलत ढंगले प्रयोग गर्ने व्यक्तिहरूसँग । आज मलाई संगठनले सुप प्रदेशको सहसंयोजकको जिम्मेवारी दिएको छ । म निर्बाध र निर्भिक भएर जिम्मेवारी बहन गर्नेछु । मेरा आदरणीय शुभचिन्तकज्यूहरूले मलाई थप हौसला प्रदान गर्न, थप जिम्मेवार बन्न विभिन्न माध्यमबाट शुभकामना दिइराख्नुभएको छ । सम्पूर्ण शुभचिन्तकज्यूहरू र जिम्मेवारी दिने केन्द्रीय कमिटीलाई धन्यवाद !’
उनी नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य समेत छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी