२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन आईतबार आह्वान गरिएको आमहड्ताल कञ्चनपुरमा सफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गेटामा विश्वविद्यालय स्थापनालाई बजेटमा समावेश नगरेपछि आमहड्ताल गरिएको थियो । आमहड्ताल सफल पार्न युवा नेताहरू सडकमा उत्रिएका थिए ।
नेकपा एमालेका युवा नेता नविन चन्दले गेटा विश्वविद्यालय स्थापनाका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपरेको बताए । आमहड्तालका क्रममा सवारीसाधन, बजार, विद्यालय बन्द गरिएका थिए । नेकपा एमाले भीमदत्त नगरपालिका–२ वडा कमिटीका सहसचिव धर्मराज जोशीले विश्वविद्यालयको आन्दोलनमा सबैले समर्थन जनाउनुपर्ने बताए । ‘पहिलो आमहड्ताल सफल भएको छ, व्यापक जनसमर्थन पाइएको छ,’ उनले भने, ‘सरकारले माग पूरा नगरे फेरि कडा आन्दोलन हुनसक्छ ।’ सुदूरपश्चिमको भावनालाई सम्मान गर्दै सरकारले बजेट संशोधन गरी विश्वविद्यालयका लागि विनियोजन गर्नुपर्ने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी