२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त बाटिकामा खनजोत गरिएपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ ।
वडा कार्यालयलाई जानकारी नै नदिई नगरपालिकाको निर्देशनमा खनजोत भएपछि विवाद भएको थियो । नगरपालिकाले खनजोत गरेर फूलखेती गर्न खोजेको थियो ।
भीमदत्त नगरपालिकाको १८ नम्बर वडाभित्र पर्ने भीमदत्त बाटिकाको संरक्षणका लागि वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटाले ‘भीमदत्त बाटिका संरक्षण समिति’ गठन गरेका छन् । समितिको अध्यक्षमा निवर्तमान वडा सदस्य प्रशान्त भट्ट मनोनित भएका छन् ।
समितिको सदस्यमा गंगादत्त भट्ट, नन्दराम जोशी, गोविन्द विष्ट, बबिता सिनाल, राजकुमारी थारु, ईश्वर जोशी, प्रकाश भट्ट, प्रेमसिंह सामन्त, रञ्जना थापा रहेका छन् भने सदस्य सचिवमा प्रभूनिधि पन्त मनोनित भएका छन् ।
वडाध्यक्ष देवकोटाले नगरपालिकालाई पत्राचार गर्दै समिति गठन भएको जानकारी दिएका छन् । पत्रलाई नगर प्रमुखको सचिवालयमा बोधार्थ दिइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी