२०८१ मंसिर ८, शनिबार
कञ्चनपुुर:
सवारी दुर्घटनामा परी घाईते भएका कञ्चनपुरका पत्रकार आचार्य कृष्ण दमाईलाई महेन्द्रनगरका एक समाजसेवीले राहत सहयोग गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय समाजसेवी राहुल भट्टले घाईते पत्रकार आचार्य दमाईलाई राहत सहयोग गरेका हुन ।
सवारी दुर्घटनामा परी घाईते भएका पत्रकार दमाईको घरयासी आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले समाजिक सेवा गर्ने उदेश्यका साथ समाजसेवी युवा भट्टले खाद्यान्न सहयोग गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव, युवा व्यवसायी एव नेपाली काँग्रेस भीमदत्त नगरका सचिव समेत रहेका भट्टले दैनिक फिल्डमा खटिने पत्रकार दमाई घाईते भएपछि घरमा आएको खाद्यान्न संकटलाई मध्य नजर गर्दै चामल, दाल, नुन तेल सहयोग गरेका छन ।
मंगलबार पुर्व पश्चिम महेन्द्रराजमार्ग सुडा क्षेत्रमा टेक्टरको ट्रलीबाट टायर खसेर घाईते भएका पत्रकार दमाई महाकाली र मायामेट्रो अस्पतालको उपचारपछि घरमा रेष्टमा छन । दायाँ हात र ठिप्युमा करङ भासिँएपछि उनलाई चिकित्सकले लामो समय आराम गर्न सुभझाव दिएका छन । दैनिक काम गरेर घर गुजारा चलाउँदै आएका पत्रकार दमाई घाईते भएसंगै घरमा समेत खाद्यान्न संकट आएको छ । भीमदत्त नगरपालिका ३ नयाँ तलिकपुर निवासी दमाईका घर परिवारले दलित समुदायको हक अधिकारका लागि भन्दै लड्ने दल, तिनका नेता कार्यकर्ता, विभिन्न एनजिओ,आईएजजिओ र दलित अगुवाहरुसंग समेत सहयोगको अपेक्षा गरेका छन । दैनिक काम गरेर घर परिवारको गुजारा चलाउँदै आएका पत्रकार सवारी दुर्घटनामा परेर घाईते भएपछि उनीमाथि आश्रित परिवारमा संकट छाएको छ । संकट मोजनका लागि समेत घाईते पत्रकारका परिवारजनले सक्दो सहयोगको अपेक्षा राखेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी