२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर :
महेन्द्रनगरमा मल्टिप्रपोज कभर्ड हल निर्माण सुरु गरिएको छ। बिहीबार यहाँं एक समारोहबीच कभर्ड हलको शिलान्यास गरियो। प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले मल्टिप्रपोज कभर्ड हलको शिलान्यास गरे।
उक्त कबर्ड हल परिसरमा सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजार १९ (मुल्य अभिबृद्धि कर समेत) को लागतमा निर्माण हुने भएको हो । तिन वर्षभित्रै सक्ने गरी योजना निर्माण हुने सामाजिक विकास मन्त्रालयका ईन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए ।
चालु आर्थिक जेष्ठ ४ गते सम्झौता सम्पन्न गरेको उनले बताए । वर्षमा नै यो योजनाको ठेक्का सम्झौता भएको र निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीले कभर्डहललाई निर्धारित समय भन्दा अगाढी निर्माण सम्पन्न गर्ने भनेर प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए । यस्को गुणस्तर पनि मापन गरिने भएकाले यस्मा सम्पुर्ण प्राविधीक सहयोग सामाजिक विकास मन्त्रालयको रहने उनले बताए ।
भलिबल ,बास्केट बल, टेबुल टेनिस, ब्याट मिन्टन एकै पटक खेलाउन सकिने व्यवस्था सहितको यो कबर्ड हलको निर्माण हुने सामाजिक विकास मन्त्रालयका ईन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए । साथै यो कबर्ड हल ३५ सय स्क्वायर मिटरमा फैलिएको उनले बताए । सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन कञ्चनपुरको विगत लामो समयदेखि योगदान रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बताए ।
अहिले क्रिकेटमा पनि कञ्चनपुरबाट राम्रो खेलाडीहरुले आफनो प्रदर्शन गरिरहेको र अन्य खेलमा पनि आफनो भविश्य देख्ने खेलाडीहरुका लागि पनि यो नयाँ कबर्ड हलले सहयोग पुग्ने उनले बताए । कञ्चनपुरमा ओलम्पियनदेखि प्रतिभावान क्रिकेटरसम्म कञ्चनपुरले उत्पादन गरेको छ”, मन्त्री साउदले भने,“स्कुलदेखि ओलम्पिकसम्मको खेलकुदको नीति प्रदेशले लिएको छ”, खेल क्षेत्रमा भौतिक संरचना निर्माण र खेलाडीका पक्षमा प्रदेश सरकार सधैँ अग्रसर रहने पनि उनले उदघोष गरे ।
कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुँवेर खडकाले बताए मल्टिप्रपोज कभर्ड हलले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको तर्क थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी